जिपको फुल्ली इलेक्ट्रिक गाडी सार्वजनिक, नेपालमा पनि छिट्टै आउने

अटोमोबाइल ग्रुप स्टेलेन्टिसले आफ्नो जिप ब्रान्डलाई ‘इलेक्ट्रिफाई’ गर्ने योजना सार्वजनिक गरेको छ । मंगलबार स्टेलेन्टिसले जिपको पहिलो ‘ब्याट्रि–इलेक्ट्रिक क्रसओभर’को कन्सेप्ट सार्वजनिक गरेको हो ।अहिले कुनै नाम नदिइएको यो इलेक्ट्रिक भेहिकल सुरुमा युरोपमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ । त्यसपछि नेपाल र भारतसहित एसिया प्यासिफिक क्षेत्रमा पनि ल्याइन्छ । यो इभी जिपको लेजेन्डरी क्यापाबिलिटी भएको सेग्मेन्टकै एक मात्र इभी हुने कम्पनीले दाबी गरेको छ । पहेँलो रंगको जिप

सम्बन्धित सामग्री

हुन्डाईका इलेक्ट्रिक गाडी आयोनिक-५ र कोना किन्न नबिल बैंकले ३ दिनभित्र ऋण दिने

काठमाडौं। हुन्डाईको इलेक्ट्रिक गाडी आयोनिक-५ र कोना किन्न नबिल बैंकले ८० प्रतिशतसम्म ऋण दिने भएको छ। सहुलियत ब्याजदरमा सवारी

देखापढी विजिनेश न्यूज

सन् २०२३मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ। विद्युत प्राधिकरणले हिउँदयाममा भारतबाट बिजुली आयात गर्न बोलपत्र आह्वान गरेको छ। सडक अवरुद्धहुँदा मुगुको स्याउ बजार पुर्‍याउन सकिएन। असोज ६ देखि हुने इलेक्ट्रिक भेहिकल एक्स्पोमा विज्ञहरुसँग छलफल हुने भएको छ। इलेक्ट्रिक गाडी कर्जामा तत्काल कर्जा स्वीकृत गर्नेगरी नबिल बैंकले विशेष योजना ल्याएको छ।

नबिल बैंकले नाडा ईभी एक्सपोमा तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र दिने

नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ । बैंकले यही असोज ६ गते देखि असोज ९ गते सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन गइरहेको नाडा ईभी एक्सपोमा सहभागी हुँदै आफ्ना ग्राहक वर्गहरुलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रसाशनिक शुल्कमा विशेष छुट उपलब्ध गराउने छ । वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता...

नबिल बैङ्कले ल्यायो चाडपर्व लक्षित विशेष अफर

काठमाडौँ । नबिल बैङ्कले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष अफर ल्याएको छ । यही असोज ६ गतेदेखि असोज ९ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने ‘नाडा ईभी एक्स्पो २०२२’ मा सहभागी हुने ग्राहकहरूलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रशासनिक शुल्कमा विशेष छुट उपलब्ध हुने बैङ्कले जनाएको छ । वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारी […]

हुण्डाइको ‘आयोनिक ५’मा किन तानिंदैछन् ईभीका ग्राहक ?

काठमाडौं । नेपालको बाटो सुहाउँदो इलेक्ट्रिक गाडी किन्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने तपाईंले एकपटक नजर लगाउनै पर्ने गाडी हो, कोरियाली ब्राण्ड हुण्डाइको ‘आयोनिक ५’ । कम्पनीका अनुसार कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन) को संयोजन हो ‘आयोनिक ५’ । हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका मार्केटिङ म्यानजेर सन्दीप शर्माका अनुसार आयोनिक […]

टाटाको नेक्सन इलेक्ट्रिक कारमा अचानक आगो लाग्यो, इलेक्ट्रिक गाडी कति सुरक्षित ?

नेपालमा माग बढिरहेको र निजी तथा सरकारी कार्यालयले पनि प्रयोग गरिरहेको टाटाको विद्युतीय गाडी ‘नेक्सन इभी’मा रोकिराखेकै ठाउँमा आगो लागेको छ । भारतमा नेक्सन इभीको एउटा गाडीमा अचानक आगो लागेको हो  मुम्बइमा सडक छेउमा रोकिराखेको टाटाको नेक्सान इभीमा आगलागी भएको थियो । अचानक आगलागी भएपछि पानी हालेर आगो निभाउँदै गरिएको उक्त घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । इभीमा अचानक आगो लाग्न थालपछि टाटाका गाडीको सुरक्षामाथि प्रश्न उठेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । टाटा कम्पनीले पनि उक्त घटनाको अनुसन्धान भइरहेको र हालसम्म आफ्ना गाडीमा सुरक्षालाई लिएर कुनै प्रश्न नउठेको दाबी गरेको छ । टाटाले भारतमा मात्रै ३० हजार आफ्ना इलेक्ट्रिक गाडी गुड्ने दाबी गर्दै ती ३० हजार इलेक्ट्रिक कारले ४ वर्षमा १ सय मिलियन किलोमिटर दुरी पार गरिसकेको र यो अवधिमा कुनै यस्ता घटना नभएको जनाएको छ ।मुम्बइमा सडक छेउमा पार्किङमा रहेको नेक्सन इभीमा के कारण आगोको मुस्लो निस्कियो भन्नेबारे वास्तविक कारण अहिलेसम्म पत्ता नलागेको भारतीय समाचार संस्था टाइम्स अफ इण्डियाले जनाएको छ । आगो लागेको उक्त गाडीमा ३०.२ एडब्लुएच लिथुनियम इओन ब्याट्री जडित थियो । नेपालमा पनि हालसालै नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा नेक्सन इभी किनेको छ । नेपालका लागि यसको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा.ली. हो ।

ओरा गुड क्याटको रोड टेस्ट

ग्रेटवाल मोटर नेपालले इलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सफलतापूर्वक सम्पन्न गरी नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गर्न तयार भएको छ।...

नेपालमा इलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सफलतापूर्वक सम्पन्न

ग्रेट वाल मोटर नेपालले इलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सफलतापूर्वक सम्पन्न गरेको छ । र छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । ओरा क्याटले उकाली–ओरालीे, कालोपत्रे, ग्राभेल गरिएको सबैतिर उत्कृष्ट प्रदर्शन गरेको छ ।जुन बाटोमा यही सेग्मेन्टका गाडीहरु चलाउन गाह्रो हुन्थ्यो, त्यहाँ ओराले ब्याट्रीको स्तर घट्ने तनाव र विना चालकको सीटमा बसेका व्यक्तिहरुलाई सहज सवारीको अनुभव प्रदान गरेको छ । अत्याधुनिक प्रविधि र वातावरणीय चेतनाको सन्दर्भमा ग्रेटवाल मोटरलाई अगाडि बढाउन यो पक्ष