नेपाल बार एसोसिएसनले देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले बार पदाधिकारीको सोमबार बसेको बैठकले कात्तिक २८, २९ र ३० गते तीन दिन कालोपट्टि बाँधेर विरोध प्रदर्शन गर्ने निर्णय भएको जानकारी दिइन् ।
यस्तै कार्तिक २३ देखि ३० गते सम्म उपत्यका भित्रका सबै अदालतमा बिहान १० देखि मध्यान्ह १२ बजेसम्म इजलास बहिस्कार गर्ने निर्णय भएको छ भने प्रधानन्यायाधीशको राजीनामाको माग यथावत रहेको छ । बैठकले प्रधानन्यायाधीशले बोलाएको न्याय परिषद् सहित न्याय सेवा आयोग लगायतको कुनै पनि बैठकमा उपस्थित नहुने ...