पर्वत : १५ शैयाको क्षमताबाट ५० शैया क्षमतामा स्तरोन्नति हुन लागेको पर्वत अस्पताललाई झन्डै दुई करोड मूल्य बराबरका स्वास्थ्य सामग्रीहरू प्रदान गरिएको छ।लायन्स क्लब अन्तरराष्ट्रिय एलआइसिएफ कोषको आर्थिक सहयोग तथा पर्वतमा सक्रिय रहेका आठ वटा लायन्स क्लब र लियो क्लबको सहकार्यमा प्राप्त भएको एक करोड १६ लाख ३८ हजार एक सय २०, सांसद पदम गिरीमार्फत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत विनियोजित ३५ लाख, कुश्मा नगरपालिकाबाट १५ लाख र स्थानीय लायन्स तथा लियो क्लबको जोड कोषबाट ३३ लाख २५ हजार गरी