नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा दुबै दलका अध्यक्षसहित शीर्ष नेताहरू सहभागी छन्। पार्टी एकताका विषयमा एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहालबीच भएको सहमतिलाई अनुमोदन गर्नेछ। आजै दुई पार्टीको एकता सहमति पत्रमा हस्ताक्षर हुने नेताहरूले बताएका छन्।