छड र सिमेन्टको मूल्य आकाशियो: छड केजीमा १२ रुपैयाँ बढ्यो, सिमेन्टको भाउ बोरामै ५० रुपैयाँ वृद्धि

त्यस्तै निर्माण व्यवसायी रामशरण देउजाले पछिल्लो एक महिनाको अवधिमा १० देखि १२ रुपैयाँ मूल्य बढेको र अहिले पनि दैनिकजसो भाउ बढाउँदै गएको गुनासो गरेका छन् ।

सम्बन्धित सामग्री

छड र सिमेन्टको भाउ बढ्यो

काठमाडौं । पूर्वाधार निर्माणको सिजन शुरू हुनै लाग्दा फलामजन्य निर्माण सामग्री र सिमेन्टको भाउ बढेको छ । दशैं, तिहार तथा छठजस्ता पर्वपछि नेपालमा पूर्वाधार निर्माणको सिजन भनिँदै आएको छ । यही सिजन शुरू हुनै लाग्दा र अन्तरराष्ट्रिय बजारमा कोइलाको मूल्यमा वृद्धि हुँदा निर्माण सामग्री र सिमेन्टको मूल्यमा वृद्धि देखिएको हो । अहिले फलामे छडको मूल्य रू. ६ देखि रू. १० सम्म वृद्धि भएको छ भने सिमेन्टको मूल्यमा २० प्रतिशतले वृद्धि हुने देखिएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणको सिजन शुरू हुने बेलामा नै फलामजन्य निर्माण सामग्रीको मूल्य वृद्धिले मारमा पर्ने बताए । सरकारले ल्याएको स्पन्ज आइरन र बिलेट आयातका सम्बन्धमा ल्याएको नीतिले फलामजन्य सामग्रीको मूल्य घट्ने आकलन गरिए पनि यसको मूल्य बढेको उनले बताए । ‘फलामे छडदेखि अन्य निर्माण सामग्रीको मूल्यमा प्रतिकेजी रू.४ देखि रू. ५ सम्म कमी आउने अपेक्षा थियो,’ सिंहले भने, ‘प्रतिस्थापन विधेयक आउनुअघि स्पन्ज आइरनबाट बनेको डन्डी खरीद गर्दा प्रतिकेजी रू. ७९ र प्राइम बिलेटबाट बनेको डन्डी प्रतिकेजी रू. ८३ मूल्य तिर्नुपर्थ्यो ।’ रोलिङ मिल्सहरूमा प्रतिस्पर्धा हुन नसकेको र उत्पादन नै रोक्न थाल्दा मूल्यमा कार्टेलिङ भएको उनको भनाइ छ । उनका अनुसार अहिले फलामे छड किन्दा प्रतिकेजी रू. १०२ देखि रू. १०६ सम्म तिर्नु परेको छ । उनले सिमेन्टको मूल्य पनि बढ्दा निर्माणको सिजन शुरू हुँदादेखि नै पूर्वाधार निर्माण महँगो पर्न जाने बताउँछन् । सिमेन्ट उत्पादनमा तीव्र प्रतिस्पर्धा हुँदा ठूला सिमेन्ट उद्योगले मूल्य घटाउन भने चासो दिएका छैनन् । यता नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले सिमेन्टको मूल्यमा पनि वृद्धि भएको बताए । सिमेन्टको मूल्य साविक मूल्यमा २० प्रतिशतले बढेको बताए । विश्वबजारमा कोइलाको मूल्यमा उच्च वृद्धि भएको र भारतमा पनि सिमेन्टको मूल्यमा वृद्धि देखिएकाले नेपालमा पनि मूल्य बढेको उनको भनाइ छ । अहिले छिटफुट रूपमा केही उद्योगहरूले मूल्य बढाए पनि अबको १ महीनाभित्रमा सबै सिमेन्ट उद्योगले मूल्य बढाउन सक्ने थापाको भनाइ छ । ‘विश्व बजारमा देखिएको कोइलाको मूल्य वृद्धि र कोइला नै नपाउने अवस्था आउने हो कि भन्ने आशंका छ,’ उनले भने, ‘यसले मूल्य वृद्धिभन्दा नि उद्योग नै बन्द गर्नुपर्ने हो कि भन्ने अवस्था आउने हो कि भन्ने डर छ ।’ यसैगरी सौरभ ग्रूपका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले कोइलाको मूल्य बढ्दा अन्तरराष्ट्रिय बजारमै मूल्य बढेको बताए । नेपालमै बिलेट बनाई डन्डी बनाउने उद्योगले प्रतिकेजी रू. ६ का दरले मूल्य बढाएको र बिलेट आयात गरी उत्पादन गर्ने उद्योगले प्रतिकेजी रू. १० का दरले मूल्य बढाएको उनको भनाइ छ । अहिले कोइला खरीद गर्दा प्रतिकेजी रू. ३० सम्म तिर्नुपर्छ । यसअघि प्रतिकेजी रू. १५ परेको भन्दै उनले पछिल्लो समय फलामे छडको मूल्य बढेको बताए । यसअघि रू. ८४ मूल्यमा डन्डी विक्री गरेको र त्यसमा अहिले रू. ६ देखि रू. १० सम्म मूल्य बढेको उनको भनाइ छ ।

अस्वाभाविक मूल्यवृद्धिबारे अनुगमन : बिल र विवरण बुझाउन व्यवसायीलाई निर्देशन

काठमाण्डाै - बजारमा अस्वाभाविकरुपमा मूल्यवृद्धि भएको गुनासो बढेपछि सरकारले अनुसन्धान थालेको छ । बजारमा खाने तेल र छड तथा सिमेन्टको मूल्य अस्वाभाविक रुपमा बढेको भन्दै उपभोक्ताले गुनासो गरेपछि अनुसन्धान थालेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शिवराज सेढाईँले बताउनुभयो । उहाँकाअनुसार सामान आयात ...

सिमेन्ट र छडका कारण घर बनाउन लाग्ने खर्च बढ्यो

घर निर्माणको मुख्य समय सुरु भएसँगै अघिल्लो वर्षको तुलनामा लागत बढेको छ। मुख्य निर्माण सामग्रीको मूल्य बढेपपिछ समग्र लागत पनि बढेको छ। सिमेन्ट, छड र वालुवाको मूल्यमा बृद्धि भएसँगै निर्माण लागत पनि बढेको हो। सिमेन्ट र छडको बिक्रीवितरण गर्ने व्यवसायीहरुका अनुसार पछिल्लो एक महिनाममा छड र सिमेन्टको मूल्य अस्वभाविकरुपमा बढेको छ।उत्पादकहरुसँग सम्बन्ध विग्रने डरले मिडियासँग…

निर्माणको मुख्य सिजनमै बढाइयो डन्डी र सिमेन्टको मूल्य

२२ पुस, काठमाडौं । भारत र चीन लगायतका मुलुकबाट आउने कच्चा पदार्थ महंगिएको कारण देखाउँदै सिमेन्ट र छडको मूल्यमा भारी वृद्धि गरिएको छ । वीरगञ्ज नाकाबाट क्लिंकर आयात गर्न समस्या भएपछि सिमेन्टमा बोरा ३० देखि सय रुपैयाँभन्दा बढी मूल्य बढाइएको छ भने छड पनि किलोकै ८ देखि १० रुपैयाँ महंगो भएको …