परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जानु हुने भएको छ । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपीन जोशीको रिहाइको पहलका लागि उहाँ यही मङ्सीर २३ गते कतार जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ । यसअघि मङ्सिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल …