प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको मस्यौदा तयारीका लागि कार्यदल बनाउन सकिने बताएका छन् ।
विश्वासको मत लिने प्रयोजनका लागि सोमवार बसेको प्रतिनिधि सभा बाैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्न सकिने बताएका हुन् ।
'देशलाई अगाडि बढाउनका निम्ति औचित्यपूर्ण ढंगले संविधान संशोधन गर्न सकिन्छ,' प्रधानमन्त्री ओलीले भने, 'मस्यौदाका सन्दर्भमा, संविधान संशोधन कहाँ-कहाँ गर्न सकिन्छ भन्ने सुझावका लागि कार्यदल बनाउन सकिन्छ । कार्यदलबाट आएका सुझाव अनुसार संविधान संशोधन गर्न पनि सकिन्छ ।...