कमलविनायक–नगरकोट सडक निर्माणको ठेक्का तोड्ने चेतावनी दिएर गत चैत १३ मा भक्तपुर–नगरकोट–सिपाघाट सडक विस्तार आयोजनाले १४ दिने सूचना निकाल्यो । आठ पटक म्याद थप्दा पनि काममा प्रगति नभएपछि उक्त अवधिभित्र काममा प्रगति नभए ठेक्का तोडिने सूचनामा उल्लेख थियो । तर चैत २६ मै आयोजनालाई तोकेको १४ दिनको समयसीमा सकिए पनि ठेक्का तोडिएन ।