काठमाडौं : कार्तिक शुक्ल एकादशी। सनातन धर्मावलम्बी शुक्रबार हरिबोधिनी एकादशी मनाउँदै छन्। भगवान् विष्णुको विशेष आराधना गर्ने र तुलसीको विवाह गर्ने दिनको रूपमा यसको महत्त्व छ। सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँगै विवाह गरिदिने चलन छ।एकादशीका दिन उपवास बसी नारायणको आराधना गर्ने र भोलिपल्ट द्वादशी