अख्तियारमा १० महिनाको अवधिमा २२ हजार उजुरी

३ असार, काठमाडौं । १० महिनाको अवधिमा झण्डै साढे २२ हजार उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । यो तथ्यांक आयोगका सचिव रामेश्वर दंगालले राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा पेस गरेका हुन् । समितिको बैठकमा दंगालले आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्म २२ हजार ३५५ उजुरी परेको जानकारी गराएका हुन् […]

सम्बन्धित सामग्री

जाँचबुझ आयोगमा मिटरब्याजका २२ हजार उजुरी, मधेशका मात्र १८ हजार

९ असार, काठमाडौं । सरकारले मिटरब्याज समस्याको समाधान गर्न गठन गरेको आयोगमा पीडितका २२ हजार वटा उजुरी परेका छन् । आयोगले शनिबार विज्ञप्ति जारी गरी मधेशका ८ जिल्ला (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट) मा १७ हजार ८०० र पश्चिम नवलपरासीमा १ हजार ८८९ वटा उजुरी परेको जानकारी दिएको छ । त्यस्तै […]

सतसट्ठी जिल्लामा मिटरब्याजी पीडित

काठमाडौं, जेठ २९ । मिटरब्याज जाँचबुझ आयोगमा २२ हजार मिटरब्याजी पीडितले उजुरी दिएका छन्। मधेश प्रदेशका आठसहित ६७ जिल्लाका मिटरब्याजी पीडितले उजुरी दिएका हुन्। सरकारले वैशाख १७ गते विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरेको मिटरब्याज जाँचबुझ आयोगमा सबैभन्दा बढी मधेश प्रदेशमा उजुरी आएका छन्। जिल्ला प्रशासन कार्यालयमार्फत आयोगमा उजुरी दिनेमा बाराका सबैभन्दा बढी […]

गत आबमा २२ हजार उजुरी दर्ता, सबैभन्दा बढी प्रदेश २ मा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०७७/०७८ मा भ्रष्टाचारसम्बन्धी २२ हजारभन्दा बढी उजुरी दर्ता भएका छन् । आयोगका अनुसार उक्त आवमा जम्मा २२ हजार ६२५ भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता भएका छन् । जसमध्ये आयोगको केन्द्रीय कार्यालय टंगालमा ११ हजार ७७ र मातहतका कार्यालयहरुमा ११ हजार ५४८ उजुरी दर्ता भएको आयोगले जनाएको छ ।

घटेन भ्रष्टाचार : अख्तियारमा उजुरीको चाङ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०७७÷७८ मा परेका भ्रष्टाचारका उजुरीलाई विश्लेषण गर्दा मुलुकमा भ्रष्टाचारको पारो बढेको पाइएको छ । सो अवधिमा अख्तियारमा परेका २२ हजार ६ सय ६५ उजुरीमध्ये १४ हजार ४ सय २५ वटा उजुरी मात्रै फछ्र्योट भएका छन् । जुन कुल उजुरीको ६४ दशमलव २३ प्रतिशत मात्र हो । सो अवधिमा अख्तियारले भ्रष्टाचारको आरोपमा ४ सय ४३ जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदनअनुसार आयोगमा परेको उ...

अख्तियारद्वारा एक वर्षमा ११४ वटा आरोपपत्र दर्ता, करिव दुई खर्ब बिगो दाबी

आयोगको प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७७-०७८ मा आयोगमा विभिन्न माध्यमबाट १४ हजार चार सय २५ वटा उजुरी परेका थिए । यसका साथै अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ८ हजार दुई सय उजुरीसमेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको संख्या २२ हजार ६ सय २५ रहेको थियो ।

कोषमा आबद्ध नभएकोमा कारबाही

सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुन अटेर गर्ने गोरखा ब्रुअरी प्रालिलाई कारबाही गरेको छ । कोषको योगदानमा सहभागी नभएको उक्त कम्पनीका एक कर्मचारीको मृत्यु भएपछि मृतकको परिवारले दिएको मागदाबीका आधारमा उक्त कम्पनीलाई कोषले कारबाहीमा गरेको हो । उक्त कम्पनीमा कार्यरत रामबहादुर सार्कीको मृत्युपछि निजले मासिक रूपमा लिँदै आएको २२ हजार ४२ रुपियाँ पारिश्रमिकको ६० प्रतिशतका दरले हुने आश्रित परिवार सुविधा योजनाअन्र्तगतको पेन्सन रकम दाबीसहित परिवारले गएको केही दिनअघि कोषमा उजुरी गरेका थिए । मृतक सार्कीकी श्रीमती लक्षमाकुमारी सार्कीले उक्त कम्पनीमा कार्यरत रहँदै गर्दा श्रीमान्को मृत्यु भएकाले आश्रित परिवार सुविधा पाउनुपर्ने माग गर्नुभएको थियो । उक्त कम्पनीमा कार्यरत सार्कीको २०७७ भदौ २९ गते मृत्यु भएको थियो । कोषको हिसाबअनुसार मृतककी श्रीमती वा निवेदकको जन्म २०२७ असार २८ भएको र नेपालको औसत आयु ७१ वर्षलाई आधारमा मृतकको आधारभूत तलब २२ हजार ४२ रुपियाँको ६० प्रतिशतले एकमुष्ट हुन आउने ३३ लाख छ हजार ३०६ रुपियाँ र अन्तिम संस्कार खर्चबापत २५ हजार गरी कुल ३३ लाख ३१ हजार ३०६ रुपियाँ उपलब्ध गराउनुपर्ने हुन्छ ।

सतसट्ठी जिल्लामा मिटरब्याजी पीडित

मिटरब्याज जाँचबुझ आयोगमा २२ हजार मिटरब्याजी पीडितले उजुरी दिएका छन्। मधेश प्रदेशका आठसहित ६७ जिल्लाका मिटरब्याजी पीडितले उजुरी दिएका हुन्। सरकारले वैशाख १७ गते विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरेको मिटरब्याज जाँचबुझ आयोगमा सबैभन्दा बढी मधेश प्रदेशमा उजुरी आएका छन्। जिल्ला प्रशासन कार्यालयमार्फत आयोगमा उजुरी दिनेमा बाराका सबैभन्दा बढी छन्।