काठमाडौँ : नवनियुक्त उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन्। बुधवार राति राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएसँगै उनले सिंहदरबारमा पुगेर पदभार पनि ग्रहण गरेका हुन्। सो क्रममा उनले नेपालले कूटनीतिक शिष्टतामा ध्यान दिन आवश्यक रहेको बताए। उनले दुई छिमेकी राष्ट्रको सम्बन्धलाई सुदृढ र उन्नत बनाउन प्राथमिकताका साथ काम गर्ने बताए। उनले सबै मित्रराष्ट्रसँगको सम्बन्ध मैत्रीपूर्ण बनाउने कुरामा आफ्नो भूमिका रहने बताए। वैदेशिक रोजगारीमा रहेका सबै नेपालीहरूको