रुसलाई क्राइमियासँग जोड्ने रेल तथा सडक पुलमार्गमा ठूलो विस्फोट भएको छ ।
सामाजिक सञ्जालमा शेयर गरिएका तस्बिरहरुमा केर्च पुलमा एउटा रेल भीषण आगलागी भएको देखिएको बीबीसीले जनाएको छ । छेउको सडक, पुल पनि क्षतिग्रस्त भएको देखिन्छ । पुलमा भएको विस्फोट तथा आगलागीकाे कारण अझै स्पष्ट भएको छैन ।
रुसी सरकारी सञ्चारमाध्यमले इन्धन ट्याङ्कमा आगो सल्किएको कारण सबै आवतजावत बन्द गरिएको बताएका छन् । केर्च पुलमार्गलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१८ मा उद्घाटन गर्नुभएको थियो । सन् २०१४ मा क्राइमियालाई रुसले आफ्नो देशमा गाभे...