स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबैले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना नगरे नेपालले पनि कोरोना संक्रमणबाट गम्भीर असर झेल्नुपर्ने अवस्था आउने बताएका छन्। उनले मंगलबार भर्चुअल सम्मेलनमा दक्षिण एसियाली मुलुकमा कोरोना संक्रमण उच्च गतिमा फैलिएको र नेपालमा पनि अवस्था फरक नरहेको भन्दै संक्रमण नियन्त्रण गर्न हरेक व्यक्ति, टोल सुधार समिति, गैरसरकारी संस्था, स्थानीय तहका हरेक निकाय, प्रदेश सरकार र संघीय सरकार सबैे गम्भीर हुनुपर्ने बताए।
सबैले जनस्वास्थ्य मापदण्ड अपनाए लकडाउनमा जानुनपर्ने उनको भनाइ थियो। ‘लकडाउ...