रसुवा- नेपाल–चीनबीचको सीमा क्षेत्र ल्हेन्दे खोलामा निर्माणाधीन मितेरी पुल(बेलिब्रिज) पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको सो पुलमा आवश्यक पार्टपुर्जा जडान र पिलर ठड्याउने काम पूरा भइसकेको जनाइएको छ। गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले पक्की मोटोरेबल पुल बगाएपछि चीन सरकारले पुनःनिर्माणको जिम्मा लिएको हो। निर्माणस्थलमा […]
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अमेरिकाका विभिन्न स्थानहरूमा देउसी–भैलो कार्यक्रमसहित मनाइदै छ । हिन्दू पात्रोअनुसार कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारबाट सुरु भएको तिहार कार्तिक शुक्ल पक्षको द्वितीयातिथिको भाइटीकासम्म गरी पाँच दिनसम्म मनाइन्छ। देशभित्र रहेका नेपालीहरूले गाउँ–टोलमा जम्मा भएर तिहार मनाइरहँदा अमेरिकामा बस्ने नेपालीहरूले पनि यसलाई सामाजिक एकताको पर्वका रूपमा मनाइरहेका छन् । विशेष […]
सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–३ वाकुमा बिहीबार एक बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बोलेरो करिब पाँच सय मिटर तल खसेको हो। घटनास्थलमा तीन जना महिलाको शव फेला परेको छ। गाडीमा कति जना सवार थिए भन्ने यकिन विवरण भने अहिलेसम्म खुलेको छैन। सवारी चालक बोल्न नसक्ने अवस्थामा फेला परेका कारण […]
काठमाडौँ। कुमार कान्छा र आशा भोस्लेको लोकप्रिय गीत ‘बतासले उडाइ लाग्यो’लाई फिल्म ‘भाइरल गोर्खे’का लागि रिमेक गरिएको छ। फिल्म ‘चिनो’मा समावेश यो गीतको नयाँ भर्सन बुधबार सार्वजनिक गरिएको हो। गीतमा त्रिशला गुरुङ र दीपक लिम्बूले स्वर दिएका छन् भने संगीत रोहित शाक्यको छ। गीतका शब्द कुशुम गजमेरले लेखेका हुन्। श्याम पटेलको कोरियोग्राफीमा तयार भएको गीतको […]
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आफ्नो मन्त्रालयको पाँच महिनाभित्र पूरा गर्ने ३९ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन्। अन्तरिम सरकारको तीन मन्त्रालयमध्ये एकको नेतृत्व गरिरहेका मन्त्री सिन्हाले पहिलोपटक यस मन्त्रालयमा कार्यभार सम्हालेपछि विस्तृत योजना सार्वजनिक गरेका हुन्। मन्त्रालयले जिम्मेवार निकाय, सहयोगी निकाय र समयसीमा उल्लेख गर्दै कार्ययोजनालाई तीन फरक क्षेत्रमा बाँडेको छ। कानुनी सुधार, नीति […]
६ कात्तिक, काठमाडौं । सरकार र जेनजीहरूबीच सम्झौता हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमेतको उपस्थितिमा सरकार र जेनजीहरूबीच सम्झौता हुन लागेको हो ।
सम्झौताका मस्यौदा तयार पार्ने काम लगभग अन्तिम चरणमा पुगिसकेको छ । सरकारी …