काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको छ। गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले वडा नं ९ स्थित जोभो कदम्पा विद्यालयका ४ जनामा देखिएको दादुरा नियन्त्रणमा आइसकेको जानकारी दिए।यही जेठ २४ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको शङ्कास्पद ५ जनाको परीक्षण गर्दा तीमध्ये ४ जनामा दादुरा पुष्टि भएको थियो। ‘दादुरा देखिएपछि ती ४ जनालाई आइसोलेसनमा चिकित्सकको निगरानीमा राख्यौँ”, उनले भने, ‘अहिले उक्त क्षेत्रमा दादुरा प