गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिका–९ का यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यस पटकको दशैँमा पनि पूरा हुन सकेन । विसं २०६३ पछि हरेक वर्षको दशैँमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६ वर्षसम्म जहाड उडेको छैन । हरेक वर्षको दशैँलाई बहाना बनाउँदा राज्यको करोडौँ लगानी बालुवामा खन्याएको पानी सरह भएको उहाँको गुनासो छ ।
स्थानीय गीता भण्डारी पनि हरेक वर्षको दशैँ भनेर दिएको आश्वासनप्रति दिक्क हुनुहुन्छ । अहिले संरचना तयार हुँदा पनि नियमित उडान नगरि जनतामा भ्रम फैलाइएको भण्डारीको भनाइ छ । वि...