राष्ट्रिय वाणिज्य बैङ्क पाँचखालमा

राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–४, तामाघाटस्थित शाखा कार्यालय पाँचखाल विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ । यसपछि बैङ्कको शाखा कार्यालयको सङ्ख्या २८८ पुगेको छ । हाल बैङ्कको सात वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २८८ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखारहित बैङ्किङ सेवा, ७१ वटा एक्स्टेन्सन काउन्टर, क्युआर कोड सेवा, पिओएस सेवा, इन्टरनेट बैङ्किङ, परिष्कृत रूपको मोबाइल बैङ्किङ (डिजिटल संसार) तथा बिनाइन्टरनेट चल्ने मोबाइल बैङ्किङका सेवासमेत सञ्चालनमा रहेका छन् ।

सम्बन्धित सामग्री

राष्ट्रिय वाणिज्य बैङ्क दैलेखले ल्यायो क्रेडिटकार्ड सेवा : RajdhaniDaily.com

RajdhaniDaily.com | दैलेख । राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय दैलेखले क्रेडिटकार्ड सेवाको शुभारम्भ गरेको छ ।वाणिज्य बैङ्कले आफ्ना ग्राहकलाई केन्द्रित गरेर दैलेखमा पहिलो -

राष्ट्रिय वाणिज्य बैङ्क ५९औँ वर्षमा, दुई दशकदेखि निरन्तर नाफा कमाउँदै

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ ।

मुसिकोटमा राष्ट्रिय वाणिज्य बैङ्कको २६२ औँ शाखाको समुद्घाटन

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले पश्चिम रुकुमको मुसिकोट नगरपालिका वडा नम्बर १ मा २६२औँ शाखा कार्यालय शुभारम्भ गरेको छ । बैङ्क सञ्चालक समितिका सदस्य दिलीपकुमार ढुङ्गाना र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ताम्रपत्र अनावरण र रिबन काटेर संयुक्त रूपमा उक्त शाखाको समुद्घाटन गरेका हुन् ।  उक्त अवसरमा बैङ्क सञ्चालक समितिका सदस्य दिलीपकुमार ढुङ्गानाले नेपाल […]

अर्थतन्त्र सुधार र पुँजी निर्माणमा केन्द्रित हुन अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मातहतका निकायलाई अर्थतन्त्रमा देखिएको समस्या समाधान र पुँजी निर्माणमा केन्द्रित हुन निर्देशन दिएका छन् । अर्थ मन्त्रालय मातहतका निकायको दोस्रो चौमासिक समीक्षा कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन् । हिजो (शनिबार) महालेखा नियन्त्रक कार्यालय, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, ऋण असुली न्यायाधिकरण, राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल बैङ्क, कृषि […]

समावेशी कोटाका कारण परीक्षार्थी तनावमा

काठमाडौं, फागुन १४ । लोक सेवा आयोगमार्फत विभिन्न संस्थान र सङ्गठित संस्थाले कर्मचारी पदपूर्ति गर्न आह्वान गरेको विज्ञापनको प्रक्रिया अवरुद्ध बनेको छ । विज्ञापन समावेशी नभएको दाबी गर्दै थारू कल्याणकारी सभाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकाले अवरुद्ध बनेको हो । सभाले पछिल्लो समय राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल राष्ट्र बैङ्क, नेपाल टेलिकम, नेपाल प्रहरी, शिक्षक सेवा […]

वित्तीय समावेशीकरणमा राष्ट्रिय वाणिज्य बैङ्क

सामान्यतया वित्तीय समावेशीकरण भन्नाले वित्तीय सेवाको आवश्यकता रहेका समाजका सबै वर्ग, समुदायमा प्रतिस्पर्धात्मक वातावरणयुक्त बजारमा वित्तीय सेवाको पहुँच हुनु हो । अझ स्पष्टसँग भन्दा वित्तीय सेवा बिनाभेदभाव राज्यका सबै नागरिकलाई सार्वजनिक वस्तुको सस्तो दरमा प्रयोग गर्ने अवसर प्रदान गर्नु वित्तीय समावेशीकरण हो । वित्तीय पहुँच र वित्तीय समावेशीकरण सुन्दा उस्तै लाग्न सक्छ तर वित्तीय समावेशीकरणले वित्तीय पहुँचलाई समेत समेटी अझ विस्तृत क्षेत्र ओगटेको हुन्छ । यसले समुदायमा वित्तीय सेवाको मागलाई सक्रिय बनाइदिन्छ ।

तरलता अभाव : बैङ्कमा रकम जम्मा गर्नेलाई अब १०.०७ प्रतिशतसम्म ब्याज

तरलता (लगानी योग्य रकम) अभावबीच वाणिज्य बैङ्कहरूले निक्षेपकर्ता आकर्षित गने गरी धमाधम निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् ।बिहीबार मात्र २५ वटा वाणिज्य बैङ्कहरूले नयाँ ब्याजदर प्रस्ताव गरेका हुन् । सरकारी दुईवटा बैङ्कहरू राष्ट्रिय वाणिज्य बैङ्क र कृषि विकास बैङ्कसँगै अन्य २३ वटा वाणिज्य बैङ्कहरूले निक्षेपमा नयाँ ब्याजदर तोकेका हुन् ।नबिल बैङ्क, एभरेस्ट बैङ्क, नेपाल एसबीआई बैङ्क, सनराइज बैङ्क, सेञ्चुरी बैङ्क, बंगलादेश बैङ्क, एनएमबी बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, हिमालयन बै

राष्ट्रिय वाणिज्य बैङ्कको नाफा घट्यो, खुद नाफा ३ अर्ब ७९ करोड

नेपाल सरकारको स्वामित्व रहेको यस राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको आ.व.२०७७/७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरू प्रकाशित भएको छ । बैङ्कले यस अवधिमा रु. ३ अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आ.व. को सोही अवधिमा बैङ्कको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा बैङ्कले कोभिड–१९ बाट प्रभावित ग्राहकहरूलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिएको, बैङ्कको कर्जा सापटको ब्याजदर उल्लेखनीय रूपमा घटाएको र निक्षेप तर्फ आकर्षक व्याज प्रदान गरिएको कारण ख

वाणिज्य बैङ्क र एनटिभीबिच सम्झौता

राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र नेपाल टेलिभिजनबिच व्यवसाय प्रवर्धन गर्न टिभिसी प्रसारण गर्ने सम्झौता भएको छ । आइतबार आयोजित कार्यक्रममा बैङ्क का प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले हस्ताक्षर गर्नुभएको हो । सम्झौतापछि राष्ट्रिय वाणिज्य बैङ्कले उपलब्ध गराएको टिभिसी नेपाल टेलिभिजनबाट दैनिक १६ पटक समाचार अगाडि तथा बिचमा प्रसारण गर्ने छ ।