जापानको राजधानी टोकियोको तापक्रम हालसम्मकै उच्च बनेको छ । १५० वर्षअघि तापक्रमको रेकर्ड राख्न थालेयताकै उच्च पुगेको समाचारमा जनाइएको छ । शनिबार, आइतबार र सोमबार सहरको तापक्रम लगातार ३५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो, जुन सन् १८७५ मा जापानले तापक्रमको रेकर्ड राख्न थाले यताकै उच्च हो । शनिबार र आइतबार झण्डै २५० मानिसलाई हिटस्ट्रोक भएपछि उपचारको लागि अस्पताल भर्ना गरिएको माइनिची पत्रिकाले लेखेको छ । सामान्यतया वर्षको यो समय जापानको अधिकांश स्थानमा पानी परिरहेको हुन्थ्यो ।&nb