तराईका जिल्लामा गर्मी बढ्याे, स्वास्थ्यमा ध्यान दिन आग्रह

कैलाली - एक हप्तायता कैलालीसहित तराईका जिल्लामा गर्मी बढेको छ । अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन् ।  हावा कम मात्रामा चल्ने र आकाश पनि सफा नभएका कारण आजभोलि अन्य समयभन्दा बढी गर्मी महसुस हुन थालेको छ । मनसुन सुरु भएपछि गर्मी कम हुँदै जाने मौसमविद् प्रतिभा मानन्धर बताउनुहुन्छ । 'अझै केही दिन गर्मी बढ्ने अनुमान गरिएको छ', उहाँले भन्नुभयो ।  कैलालीमा यस वर्ष सबैभन्दा बढी गर्मी गएकाे वैशाख १३ गते रेकर्ड भएको छ । त्यो दिन कैलालीको अधिकतम तापत्रलम  ४० दशमलव ८ डिग्री सेल्सियस ...