विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले धादिङको बेनिघाट-रोराङ गाउँपालिकाको वडा न. १ र २ को सिमाना स्थित अति विकट तामाङ बस्ती रहेको च्यात्रा गाउँमा आधारभूत विद्यालय निर्माण गरेको छ। शुक्रबार संगठनले एक कार्यक्रम आयोजना गरि विद्यालयको औपचारिक उद्घाटन गरेको हो। उक्त कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक सन्देश पठाएर शुभकामना व्यक्त गरेका थिए ।धादिङ जिल्लाको अति विकट यस बस्तीमा विद्यालय नहुँदा वालवालिकाहरू शिक्षाबा