झापा : सरकारी अस्पतालका रूपमा विकास हुँदै आएको दमक अस्पतालमा अब नसर्ने रोगको उपचारका लागि नयाँ कार्यक्रम विस्तार गरिएको छ। अस्पतालका अध्यक्षसमेत रहेकी नगरपालिका उपप्रमुख गीता अधिकारीले नसर्ने रोगबारे स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग नगरपालिकाले सम्झौता गरेको जानकारी दिए।
बिहीबार नगरप्रमुख रोमनाथ ओली, उपप्रमुख अधिकारी र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका तर्फबाट अध्यक्ष प्राडा भगवान् कोइरालाबीच त्यस विषयमा सम्झौता भएको थियो। उक्त कार्यक्रमअन्तर्गत कार्डियो (मुटु)‚ मधुमेह, सिओपिडी र ...