एलसीको अनिवार्यताले साना व्यवसायी मारमा

उद्योगी व्यवसायीले भारतबाट सामान आयात गर्दा अनिवार्य प्रतीतपत्र (एलसी) खोल्नुपर्ने व्यवस्थाले मध्यम वर्गका व्यवसायी मारमा परेको गुनासो गरेका छन् । २० वटा शीर्षकमा उल्लेखित सामान आयात गर्दा अनिवार्य एलसी खोल्नुपर्ने र गाडी तथा मोटरसाइकल छाडेर अन्य वस्तुमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाले मारमा परेको व्यवसायीको भनाइ छ ।

सम्बन्धित सामग्री

छोटी भन्सार सुचारु नहुँदा व्यवसायी मारमा

जनकपुरधारम- माओवादी द्वन्द्वकालदेखि सुरक्षाको कारण देखाउँदै बन्द रहेको महोत्तरी जिल्लाको चारवटा छोटी भन्सार कार्यालय हालसम्म सञ्चालन नहुँदा फुटकर तथा साना व्यवसायी मारमा परेका छन् । माओवादी द्वन्द्वकालको उत्सर्गमा पुगेका बेला असुरक्षाको कारण देखाउँदै महोत्तरीको रघुनाथपुर छोटी भन्सार कार्यालय, कटैया छोटी भन्सार कार्यालय, पोखरभिन्डा र बथनाहा छोटी कार्यालय बन्द गरिएको थियो । बन्द रहेको सो कार्यालय […]

महानगरको अभियानले साना व्यवसायी मारमा

काठमाडौं । काठमाडौं महानगरले चलाएको अनधिकृत संरचना हटाउने अभियान तीव्रता पाएको छ । ३५ दिने सूचना अटेरी गर्दै अनधिकृत संरचना नहटाएका व्यवसायीमाथि महानगरले डोजर चलाउँदा मारमा बहालमा बस्दै आएका व्यापारी परेका छन् । काठमाडौंको महाराजगञ्जमा तरकारी व्यवसाय सञ्चालन गर्दै आएका नारायण पन्थी । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थानका लागि चलाएको अनधिकृत संरचना भत्काउने अभियानको शिकार पन्थी […]

‘तरलताको अभावले अर्थतन्त्रमा शिथिलता र ब्याजदर वृद्धिले लगानीको वातावरणमा ह्रास’

चैत ८, काठमाडौं । नेपाल चेम्वर अफ कमर्स तथा वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्य समिति सदस्य बीच अन्तरक्रिया कार्यक्रम सोमवार सम्पन्न भएको छ । उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले हाल मुलुकमा तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको र ब्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रास आएको  बताए ।  उनले लगानीको वातावरणमा ह्रास आएको सन्दर्भमा समस्त  निजीक्षेत्र साझा अवधारणा लिएर अगाडी बढ्नु पर्ने भन्दै कृषिलाई निजी क्षेत्रले उद्यमको रुपमा प्राथमिकतामा राख्नु पर्ने बताए । अध्यक्ष मल्लले वीरगञ्ज उद्योग वाणिज्य संघ पनि नेपाल चेम्बर अफ कमर्स जस्तै पुरानो संस्था भएको बताउँदै व्यवसायीका हकहितका विषयमा ऐक्यबद्धता आवश्यक रहेको धारणा राखे । साथै उनले वीरगञ्ज प्रमुख औद्योगिक नगर भएकोले निर्यात गृहको अवधारणामा निर्यात प्रवर्द्धनको लागि अग्रसर हुनु पर्ने र यसमा नेपाल चेम्वर अफ कमर्स सहकार्य गर्न तयार रहेको पनि बताए । बढ्दोे व्यापार घाटालाई पूर्ति गर्न कृषिको उत्पादकत्वमा जोड दिनु पर्ने र यसको लागि कृषि क्षेत्रको व्यवसायीकरण तथा उत्पादकत्वमा वृद्धि गर्न जिल्लास्थित उद्योग वाणिज्य संघको  पनि भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ । उक्त अवसरमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ताले व्यवसायीहरु जुनसुकै क्षेत्रका भएता पनि  चुनौतिहरु साझा रहेको बताए । उनले सामाजिक सुरक्षा र श्रम नीतिले व्यवसायीहरु मारमा परेको भन्दै मजदूरहरुको मात्र भलाई हेर्दा व्यवसाय बन्द हुने अवस्थामा पुगेको बताए । उनले भीसीटीएस प्रणाली प्रभावकारी कार्यान्वयन हुन नसक्दा साना व्यवसायी मारमा परेको पनि बताए । नेपालको पारवहनको लागि भारतका सवै बन्दरगाहहरुबाट नेपालमा मालसामान ल्याउन खुला हुन आवश्यक रहेको भन्दै उनले पर्यटन क्षेत्रमा भारतीय पर्यटकको ठूलो योगदान रहेको तर भारतीय पर्यटकहरुको नेपाल आगमनमा वृद्धि गर्न भारु २५ हजारमात्र बोक्न पाउने, भारतीय ठूला नोटहरु नचल्ने, डेबिट तथा क्रेडिट कार्ड भरपर्दो नरहेको  कारणले असहज रहेको बताए । कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठ तथा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय माधव राजपाल हरी गौतम, महासचिव मनोज कुमार दास, सहकोषाध्यक्ष प्रेमचन्द गोयल लगायतको उपस्थिति रहेको थियो ।