म्याग्दी : म्याग्दी नदी किनारामा ग्याबिन जाली लगाउने काम बर्खा लागेपछि बल्ल थालिएकाे छ।नदी कटानका कारण उच्च जोखिममा परेको बेनी नगरपालिका वडा नं २ बगरफाँटलाई जोगाउन वस्ती संरक्षण आयोजना अन्तर्गतकाे याे काम भर्खर सुरु भएकाे हाे।हिउँदमा सुरु भएर अहिलेसम्म सम्पन्न भइसक्नुपर्ने तटबन्धको काम बर्खा लागेपछि बल्ल मंगलबार देखि सुरु भएको हो।बर्खा सुरु हुनै लाग्दा थालिएको योजनाले पूर्णता नपाउने, बाढीले क्षति गर्ने, लगानी खेर जाने र जोखिम बढ्ने चुनौति देखिएको छ। खानेपानी, सरसफाई तथा सिँचा