पाँच महिनामा वाणिज्य बैंकहरुले कमाए २८ अर्ब नाफा, सबैभन्दा बढी एनआईसी एसियाले कमायो

चालु आर्थिक वर्षको पाँच महिनामा २७ वटा वाणिज्य बैंकहरुले २८ अर्ब भन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले दिएको रिपोर्ट अनुसार साउनदेखि मंसिर मसान्तसम्म कुल २७ वाणिज्य बैंकहरुले २८ अर्ब २० करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । जुन गत कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले आर्जन गरेका कुल नाफा भन्दा १९.८७ प्रतिशतले बढी हो ।  गत कात्तिक मसान्तसम्म चार महिनामा बैंकहरुले २३ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएका थिए । एक महिनामा बैंकहरुले नाफा थप बढाएका हुन् ।  बैंकहरुम

सम्बन्धित सामग्री

साढे ४ अर्ब नाघ्यो एनआईसी एसिया बैंकको नाफा

५ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा एनआईसी एसिया बैंकले चार अर्ब ५२ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा अघिल्ल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ३८.८६ प्रतिशतले वृद्धि गरेको छ । बैंकको नाफामा वृद्धि हुँदा प्रमुख वित्तीय सूचकमा […]

‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’

एनआईसी एशिया क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्दैछ । क्यापिटलले १९ जेठदेखि ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’ नामक म्युचुअल फण्डको निष्काशन तथा बिक्री खुला गर्न लागेको बुधबार पत्रकारसम्मेलन गरि जानकारी दिदै ।

एनआईसी एशियाको खुद मुनाफा ३ अर्ब ६० करोड, प्रतिशेयर आम्दानी ४१.९४ रुपैयाँ

एनआईसी एशिया बैंकले तेस्रो त्रैमासमा ३ अर्ब ६० करोड रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको यो मुनाफा वार्षिक विन्दुगत आधारमा २० प्रतिशतको वृद्धि हो ।

एनआईसी एसिया बैंकको दोस्रो त्रैयमासको खुद मुनाफा २.४० अर्ब

काठमाडौँ – एनआईसी एसिया बैंक लिमिटेडले चालू आव २०७८/७९ को दोस्रो त्रैयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको बैंकको समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन्। बैंकले आव २०७८/७९ को दोस्रो त्रैयमाससम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (रू ४० अर्ब) ले वृद्धि गरी कूल कर्जा […]

एनआईसी एशिया बैंकको ६ महिनाको नाफा २ अर्ब ४० करोड, सबै सूचकमा अब्बल

एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिना अर्थात् दोस्रो त्रैमाससम्ममा २ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिकसोहीअवधिको तुलनामा १६.५७ प्रतिशतको वृद्धि हो ।यस्तै समीक्षा अवधिमा बैंकले कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २७३.४६ अर्ब पुर्‍याउन सफल भएको छ । साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (रू. २२.०४ अर्ब) ले वृद्धि गरी कुल निक्षेप संकलन रू. २९९.३४ अर्ब पुर्‍याउन बैंक स

एनआईसी एशियाको खुद नाफा ३ अर्ब २५ करोड

एनआईसी एशिया बैङ्कले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा अधिकांश परिसूचकहरू उत्साहपूर्ण रहेको जनाएको छ । कोभिड–१९ को चुनौतीका बीच आ.व. २०७७/७८ मा यस बैङ्कले कर्जातर्फ करिब रु. ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम रु. २६५ अर्ब पु¥याउन सफल भएको छ । यो २७ वटै वाणिज्य बैङ्कहरू मध्ये सबैभन्दा धेरै रहेको बैङ्कको दाबी छ । मुलुकका वाणिज्य बैङ्कहरूमा सोही अवधिमा भएको करिब रु. ७१९ अर्बको कुल कर्जा वृद्धिमा यस बैङ्कको सर्वाधिक उच्च (१२.६६ प्रतिशत) बजार हिस्सा रहेको छ । आर्थिक वर्ष ०७७/७८ मा

एनआईसी एशिया बैंकले कमायाे ३ अर्ब २५ करोड

३० साउन, काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब २५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ५ प्रतिशतले बढी मूनाफा आर्जन गरेको हो । यस बैंकले कर्जातर्फ करिब रू. ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम रू. २६५ अर्ब पु¥याउन सफल भएको […]