काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) र एवीपान एचडी टिभीबीच भएको प्रायोजन सम्झौता रद्द भएको छ। एन्फा प्रवक्ता किरण राईले दुई पक्षबीच समझदारीमै सहमति रद्द गरिएको पहिलोपोस्टलाई जानकारी दिए।
'उहाँहरुको सहमतिमा हामीले पुरानो सम्झौता तोडेका हौँ। अघिल्लो कार्यसमितिले गरेको निर्णय अलि न्यायोचित लागेन। १ करोड ७५ लाखमा टिभी राइटदेखि मार्केटिङ सबै अधिकार दिएको थियो।