प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्ना दुई छोरीलाई सामुदायिक विद्यालय भर्ना गरेका छन् । राष्ट्रिय विद्यार्थी भर्ना अभियानअन्तर्गत मुख्यमन्त्री भट्टले आफ्ना छोरीहरूलाई धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित राष्ट्रिय माध्यमिक विद्यालय भर्ना गरेका हुन्। उनकी जेठी छोरी लक्ष्मी भट्ट कक्षा १० र कान्छी छोरी पुनम भट्ट कक्षा ८ मा पढ्छिन्। मुख्यमन्त्री निवासबाट छोरी पढ्ने स्कुल दुई…