काठमाडौं। नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा सबैभन्दा ठूलो संख्या ६० वर्षदेखि माथिका रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेहरुमा ०–९ वर्षका २७ जना, १०-१९ वर्षका २६, २०-२९ वर्षका ११८, ३०-३९ वर्षका २९७, ४०-४९ वर्षका ५१४, ५०-५९ वर्षका ७१७ र ६० देखि माथिका २ हजार ३८५ जना रहेका छन्।