काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा आगामी असारदेखि आधारभूत तह (कक्षा १ देखि ८) सम्म १०० पूर्णाङ्कको स्थानीय विषयको पठनपाठन सुरु हुने भएको छ। सोही प्रयोजनका लागि महानगरले स्थानीय पाठ्यपुस्तक तथा पाठ्यक्रम ‘येँ देय् म्हसीके’ (काठमाडौं चिनौं) को विमोचन पनि गरेको छ।