कीर्तिपुरको ‘बाघभैरव जात्रा’ आइतवार सम्पन्न भएको छ। प्रत्येक वर्ष भदौ १ गते सिंह संक्रान्तीका अवसरमा मनाइने सो जात्रामा कीर्तिपुरवासीमात्रै नभइ उपत्यकाभरबाट मानिसहरु सहभागी हुने गर्छन्। यस अवसरमा मन्दिरको उत्तरपट्टि रहेको कुण्डमा बाघभैरवको मूर्तिलाई स्नान गराई विधिपूर्वक पूजा गरिन्छ भने साँझ बाघभैरवको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइन्छ।
आइतवार बिहानैदेखि मन्दिर