वस्तु तथा सेवाको खरिदमा विद्युतीय माध्यमबाट बिल भुक्तानी गर्दा तोकिएको मूल्य अभिवृद्धि कर (भ्याट) को १० प्रतिशत रकम खरिदकर्ताको बैंक खातामा फिर्ता हुने व्यवस्था पुनः कार्यान्वयनमा आएको छ । आन्तरिक राजश्व विभागले पहिलो चरणमा मदिरा पिउने केन्द्र (बार), चमेनागृह (रेस्टुराँ ), होटल, मोटल, लज, गेष्टहाउस व्यवसायबाट प्रदान गरिने सेवाहरूमा उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत रकम […]
‘आइएमई पे’ ले टिभी ईन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ । यो अफर असार ११ देखि १६ सम्म एक साताको लागि चल्ने छ । यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत टिभी तथा ईन्टरनेटको बिल भुक्तानी गर्दा प्रोमो कोडको प्रयोग गरी १५० सम्म १० प्रतिशत छुट पाउने पनि कम्पनीले जनाएको छ । एक साताको […]
सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत, सानिमा मोबाइल बैंकिङ्गबाट पहिलो पटक टप अप गर्ने ग्राहकहरुले १० प्रतिशत वा अधिकतम रु.१०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसैगरी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्ये सबै भन्दा बढी कारोबार गर्ने ३ जना ग्राहकहरुले मोबाइल फोन जित्न सक्नेछन् । मोबाइल बैंकिङ्ग एप मार्फत् फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्युआर कोड बाट भुक्तानी, मोबाइल टपअप आदि गर्न सक्नेछन् ।
काठमाडौं । पाँचतारे ‘सोल्टी होटेल’ र गरिमा विकास बैंक बीच होटेलले उपलब्ध गराउने विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ ।
सम्झौताअनुसार गरिमा विकास बैंकको डेबिट कार्ड तथा मोबाइल बैकिङ प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले ‘द सोल्टी काठमाडौं’ र नेपालगञ्जमा अवस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ बाट फुड एन्ड वेभरेजमा १० प्रतिशत...
सोल्टी होटल र गरिमा विकास बैंकबीच विभिन्न सेवा सुविधामा छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्र अनुसार बैंकका डेविट कार्ड तथा मोबाइल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकलाई काठमाडौंमा अवस्थित ‘द सोल्टी काठमाडौं’ र नेपालगन्जमा अवस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’बाट फुड एण्ड वेभरेजमा १० प्रतिशत छुट पाउनेछन् । हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट बैकिङ्ग सेवा दिदै आईरहेको छ ।
काठमाडौँ। वर्ल्डलिंक प्रयोगकर्ताहरूले खल्ती मार्फत आफ्नो बिल भुक्तानीमा भ्याट रकमको १० प्रतिशत फिर्ता पाउन सक्नेछन्। भूतपूर्व अर्थमन्त्री युवराज खतिवडाले आर्थिक विधेयक २०७६ मार्फत प्रारम्भ गरिएको छ।
खल्तीले आन्तरिक राजस्व विभाग (आई आर डी) र वर्ल्डलिङ्कसँग समन्वय गरी यो कार्यादेशलाई अगाडि बढाएको छ।
काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनल र सर्लाहीको बर्दिवास जनसेवा अस्पतालबीच व्यावसायिक साझेदारीका लागि सम्झौता भएको छ । उक्त अस्पतालमा बैंकको कार्डमार्फत भुक्तानी गर्दा सेवाग्राहीलाई १० प्रतिशत छूट दिने सम्झौता भएको हो । मंगलवार भएको उक्त सम्झौताबाट ग्राहक वर्ग लाभान्वित हुने विश्वास बैंकको छ ।
बैंकले मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी गर्न सक्ने सुविधा समेत उपलब्ध गराएको जानकारी दिएको छ । त्यस्तै प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल र मुद्दती खाताका लागि अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले बताएको छ ।
कार्ड स्वाइप र अनलाइन बैंकिङमा पनि क्यासब्याक दिइने बैंकले बताएको छ । ‘योजना अन्तर्गत डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले पोस मेशिन र अनलाइनमार्फत रू. १ हजार वा बढीको कारोबार गर्दा एकमुष्ट रू. २ सय क्यासब्याक दिइनेछ’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।