शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ, किस्ट अस्पतालमा उपचार हुँदै

छातीमा संक्रमण र मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी भएपछि वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको किस्ट अस्पतालमा उपचार भइरहेको छ । जेठ २६ गते अस्पताल भर्ना हुनुभएका जोशीको छातीमा निमोनियाको संक्रमण देखा परेकोले उपचार सुरु गरिएको अस्पतालले एक प्रेस विज्ञप्ति निकालेर जानकारी दिएको छ । निमोनिया देखिए पनि उहाँमा कोरोना संक्रमण भने देखिएको छैन । …

सम्बन्धित सामग्री

प्रेरणाका पुञ्ज शताब्दी पुरुष सत्यमोहन जोशी

काठमाण्डाै - शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली वाङ्मयका क्षेत्रमा महत्त्वपूर्ण र विशिष्ट योगदान पुर्याउनुभएको छ । उहाँका नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा अनेक विषयका करिब छ दर्जन जति सिर्जनात्मक, अनुसन्धानात्मक कृति प्रकाशित छन् । बहुमुखी प्रतिभाका धनी जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोमा रहेकाे किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज निधन भयाे । उहाँप्रति श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता, साहित्य तथा संस्कृतिकर्मी अस्पताल पुगेका छन् ।  उहाँ काव्यकार, नाटककार, कथाकार, निबन्धकार, नियात्...

रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी

काठमाडौं, असोज ३० । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । १०३ वर्षीय जोशीको आज बिहान निधन भएको परिवारीक स्रोतले जनाएको छ । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको […]

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना : डेङ्गीको सङ्क्रमण पुष्टि

काठमाण्डाै - शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना हुनुभएको छ । कमजोरी र खाना अरुची भएपछि अस्वस्थ जोशी हिजो अस्पताल भर्ना हुनुभएको किष्ट अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको छ । उहाँको स्वास्थ्य परीक्षणपछि डेङ्गी भएको पुष्टि भएको छ । यसैबीच सरकारले शताब्दी पुरुष जोशीको हेरचाह गर्न स्वास्थ्यकर्मीको व्यवस्था गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीलाई भेटेर स्वास्थ्यलाभको कामना गरी नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै प्रबन्ध...

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

शताब्दी पुरुष सत्यमोहन जोशी १० दिनको उपचारपछि आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाण्डाै - वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँ छाती दुख्नुको साथै पिसाबमा समस्या भएपछि गएको वैशाख १ गते ललितपुरको किष्ट अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्यमा सुधार आएपछि हिजो डिस्चार्ज गरिएकोले अस्पतालले जनाएको छ । यसभन्दा अघि पनि स्वास्थ्यमा समस्या भएपछि उहाँ एक हप्ताको उपचारपछि गएको फागुन २ गते डिस्चार्ज हुनु भएको थियो। बितेको तीन वर्षदेखि  शताब्दी पुरुष जोशीको उपचार गर्ने जिम्मा किष्ट अस्पतालले लिएको छ ।

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट घर फर्किए

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी ६ दिनको उपचारपछि घर फर्किएका छन् । गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरको किस्ट हस्पिटलमा भर्ना गरिएको थियो । उनलाई स्वासप्रस्वासमा अप्ठयारो र पिसाबमा संक्रमण देखिएका कारण समस्या भएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए । उनी सोमबार दिउँसो हस्पिटलबाट ‘डिस्चार्ज’ भएका हुन् । तस्बिर सौजन्य : गिरिश गिरीकाे […] The post शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट घर फर्किए appeared first on राजधानी राष्ट्रिय दैनिक.

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौं : शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्। माघ २५ गते स्वास्थ्यमा समस्या आएपछि १०२ वर्षीय जोशीलाई ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको थियो। परीक्षणका क्रममा उनलाई निमोनिया संक्रमणका साथै मुटुको समस्या देखिएको थियो। उनको फोक्सोमा पानी जमेको अवस्थामा प्लुरल ट्यापिङ समेत गरिएको…

ढुङ्गेधारा अवलोकन गर्दै शताब्दी पुरुष सत्यमोहन जोशी

भक्तपुर, २८ पुस । मध्यपुरथिमि नगरपालिकाले निर्माण गरेको शङ्खधर पार्कको ढुङ्गेधारा अवलोकन गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी । साथमा नगर प्रमुख मदनसुन्दर श्रेष्ठ । तस्बिरः रमेश गिरी÷रासस

शताब्दी पुरुष सत्यमोहन जोशी स्वस्थ भई अस्पतालबाट डिस्चार्ज

अस्वस्थ भई केही दिनअघिदेखि किष्ट मेडिकल कलेजमा उपचाररत शताब्दी पुरुष सत्यमोहन जोशी शुक्रबार डिस्चार्ज भएका छन्। स्वास्थ्यमा सुधार भई हिँड्डुल गर्नसक्ने भएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ।