जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न निर्वाचन आयोगले ५ सदस्यीय इजलास गठन गरेको छ ।निर्वाचन आयोगका पदाधिकारीहरूको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा अन्य चार आयुक्तहरु ईश्वरी प्रसाद पौडेल,रामप्रसाद भण्डारी,जानकी कुमारी तुलाधर र सगुन शम्शेर जवरा सम्मिलित पाँच सदस्यीय इजलास गठन गरेको हो । आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार विवाद निरुपण गर्न आगामी साउन ३ गतेबाट सुनुवाइ सुरु हुनेछ ।सुनुवाइका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।