विश्व स्वास्थ्य संगठनले मंकीपक्सको नाम बदलेर एम्पक्स राखेको छ। भाइरसको नामलाई लिएर धेरै गुनासो आएको संस्थाले जनाएको छ । उजुरीकर्ताहरूले यसलाई नश्लीय भनेका छन्।विश्व स्वास्थ्य संगठनले आगामी एक वर्षसम्म यो भाइरसलाई दुवै नामले चिनिने बताएको छ । विज्ञहरू, आम जनता र धेरै देशका प्रतिनिधिहरूसँग परामर्श गरेपछि संगठनले यो भाइरसलाई एमप्कस नाम दिएको जानकारी दिएको छ। मानिसमा मंकिपक्स सन् १९७० मा पहिचान गरिएको थियो र यो भाइरस बाँदरमा पहिलो पटक फेला परेको हुनाले यसलाई मंकिपक्स नाम दिइएको थियो। यो वर्ष अफ