रियालिटी सो ‘दोहोरी च्याम्पियन’को अन्तिम स्पर्धा आगामी शनिबार पोखरामा आयोजना हुँदैछ । बाराही घाटमा आयोजना हुने फाइनल स्पर्धामा दुई टिम उपाधिका लागि भिड्दैछन् । फाइनलमा पुगेको टिममा एक प्रकाश पराजुली र मीना बुढाथोकीको टीम रहेको छ, भने अर्काे बालचन्द्र बराल र शोभा कार्कीको टीम रहेको छ । यी मध्य विजेताले शीर्ष उपाधि उठाउने छ भने पराजित दोस्रो घोषित हुनेछ ।स्पर्धामा तेस्रो पोजिसनका लागि भने सविन आचार्य र रीता राउतको टीमसँग राजेन्द्र पाठक र मीना नेपालको टिम भिड्नेछ । दर्शकको मतका आधारमा स