रुपन्देही ४ को प्रदेश सभा (२) मा कांग्रेसका वसी उद्दिन खाँ विजयी
रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ४ काे प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार वसी उद्दिन खाँ विजयी भएका छन् । उनी ११ हजार ३ सय ५ मत ल्याई विजयी भएको निर्वाचन अधिकारी...
२७ माघ, जनकपुरधाम । मधेश प्रदेश सभा बिजनेसविहीन छ । सरकारले बिजनेस नदिंदा दुई महिनादेखि प्रदेश सभा बैठक बस्न सकेको छैन । गत मंसिर २० गते दोस्रो अधिवेशनको एघारौं बैठक बसेर स्थगित भएको प्रदेश सभा फेरि बस्न सकेको छैन । सरकारले बिजनेस नदिंदा प्रदेश सभा बैठक बस्न नसकेको सभामुख रामचन्द्र मण्डल बताउँछन् । ‘सरकारले बिजनेस […]
नेपालगञ्ज – बाँकेको बैजनाथ गाउँपालिका–४, विकासनगरमा माघी मिलनसँगै प्रदेश सभा सदस्य गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। प्रदेश सभा सदस्य रत्न खत्रीको उत्प्रेरणामा बानियाभार स्मार्ट युवा क्लवले फुटबल प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरीले उद्घाटन गरे। मन्त्री चौधरीले विकास निर्माणसँगै खेलकुदमा युवालाई आकर्षित गर्ने कार्यक्रम ल्याउने बताए। सोही […]
महाेत्तरी - मधेस प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले नवनिर्वाचित प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराउनु भएकाे हाे ।
शपथ लिन बाँकी रहेका प्रदेश सभा सदस्यहरुमध्ये १ सय ४ जना प्रदेश सभा सदस्यहरुले शपथ ग्रहण गरेका छन् भने २ जना प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण रोकिएको छ । सर्वोच्च अदालतको आदेशका कारण मधेस प्रदेशका २ जना प्रदेश सभा सदस्यको शपथ ग्रहण रोकिएको हाे।
सर्वोच्च अदालतले माला कर्ण र मोहम्मद रजी हैदरल...
कास्की – गण्डकी प्रदेश सभा सदस्यले आज बिहीवार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभा सदस्यलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराउनुभएको हो ।
यसअघि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हिजाे बुधवार बस्याललाई शपथ गराउनुभएको थियो । शपथ ग्रहण समारोहमा प्रदेश सभा सदस्य निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्रसहित राष्ट्रिय एवम् जातीय पहिचान झल्किने पोसाकमा उपस्थित थिए ।
६० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा (माओवादी केन्द्र) का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (एकी...
हेटौँडा, पुस १०। बागमती प्रदेश सचिवालयले प्रदेश सभाका सदस्यलाई आफ्नो मातृभाषामा समेत शपथ गराउने व्यवस्था गरेको छ। प्रदेश सभा सचिवालयले प्रदेश सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्ता सदस्यले शपथको बेहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिलिपि प्रदेश सभा सचिवालयमा उपलब्ध गराउनुपर्नेछ। मातृभाषामा शपथ लिन चाहने प्रदेश सभा सदस्यलाई शपथ लिने तीन […]
दाङ- प्रदेश सभा सचिवालयकाे सबै कामकाज राप्ती उपत्यका देउखुरीबाट हुने भएको छ । मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएकाे प्रदेश सभा सचिवालयकाे सबै कामकाज पुस ११ गतेबाट हुने प्रदेश सचिव दुर्भकुमार पुनले जानकारी दिए। अबकाे प्रदेश सभा बैठक र नव निर्वाचित प्रदेश सभा सदस्यकाे सपथ यहीँ राख्ने याेजना छ। प्रदेश सभा सचिवालयबाट सूचना जारी गर्दै कामकाज […]
बुटवल, भदौ ३० । आज बस्ने भनिएको लुम्बिनी प्रदेश सभा बैठक एक दिन पर सारिएको छ । बुधबार दिउँसो लागि बोलाइएको बैठक भोली भदौ ३१ गते दिउँसो १ बजे बस्नेगरि सारिएको हो । प्रदेश सभा सचिवालयका अनुसार प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेश सभा बैठक दुई पटक स्थगित भइसकेको छ ।
२५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभा बैठक एक घण्टाको लागि स्थगित भएको छ । बिहान ९ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर एक घण्टाका लागि स्थगित गरिएको हो । मंगलबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिंदैछन् । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले मंगलबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने […]
रुपन्देही – लुम्बिनी प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिनुभएको छ । नेकपा एमालेका तर्फबाट दाङकाे क्षेत्र नम्बर २ ( ख ) बाट निर्वाचित डाँगीले प्रदेश सभा सदस्यबाट राजीनामा दिनुभएको प्रदेश सभा सचिवालयले बताएको छ । बिरामी भएको र राजनीतिक खिचातानीबाट मुक्त भइ आराम गर्नु उपयुक्त हुने कारण देखाएर डाँगीले राजीनामा दिएको बताइएको छ ।
डाँगीले प्रदेश सभा सदस्यबाट राजीनामा दिएको पत्र आएको र सभामुखको निर्देशनअनुसार प्रक्रिया अघि बढेको प्रदेश सभा का सचिव दुर्लभकुमार पुनले जानकारी दिनु...