काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारको नेतृत्व परिवर्तनको कुरा निराधार भएको बताएका छन्। उनले सरकार परिवर्तन गर्ने बेला नभएको बताउँदै यो हल्ला निराधार भएको बताएका छन्। सँगै, भट्टले यस्ता हल्लाका पछाडिभन्दा पनि प्रदेश सरकार बढिरहेको कोरोना संक्रमण नियन्त्रण र रोकथाममा केन्द्रित रहेको बताए।