महामन्त्रीको नतिजा नआउँदै अविर दलिएको अवस्थामा सानेपा पुगे विश्वप्रकाश

काँग्रेस महामन्त्रीको जारी मतगणनामा जित नजिक पुगेसँगै विश्वप्रकाश शर्मा सानेपा पुगेका छन् । काँग्रेस प्रवक्ता समेत रहेका उनी प्रकाशमान सिंहको प्यानलबाट चुनाव लडेका थिए । उनी चुनावको अन्तिम नतिजा नआउँदै अविर दलिएको अवस्थामा विजय मुद्रामा सानेपामा पुगेका हुन् । सानेपा परिसरमा सञ्चारकर्मीलाई छोटो कुराकानी गर्दै उनले आफूले सबै कुरा सुन्दरीजलमा गएर राख्ने बताए । ‘अब सबैको काँग्रेस सबैलाई जोड्ने काँग्रेस बनाउँछु । आगामी यात्राबारे सन्दरीजलको माटो ढोकेर नै सबैकुरा बताउँछु’, उनले भने ।

सम्बन्धित सामग्री

समयमा हुन सकेन औपचारिक मत परिणाम घोषणा

काठमाडौं ।  नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा जारी उपसभापतिको मतगणनाको अन्तिम नतिजा सार्वजिक हुने कार्य ढिलाई भएको छ ।  शेरबहादुर देउवापक्षका नेता पूर्णबहादुर खड्का र  शेखर कोइराला पक्षका धनराज गुरुङसँग विजय भएको अनौपचारिक जानकारी निर्वाचन समितिले दिइसकेको छ। तर, उक्त मत परिणामप्रति असहमति जनाउदै उपसभापतिका अर्का उमेदवार विजयकुमार गच्छदार गणनास्थल सानेपा आउने भएपछि औपचारिक मत...