खानेपानी तथा सरसफाई मन्त्री विना मगरले दसैंअघि काठमाडौंका जनताले मेलम्चीको खानेपानी पिउन पाउने बताएकी छन्। ‘कम्तिमा पनि दसैंअघि नै मेलम्चीको पानी काठमाडौंका घर–घरमा पु-याउने लक्ष्यका साथ काम गर्दैछौं,’ उनले भनिन्, ‘मैले सोही अनुसार मातहतका निकायलाई निर्देशन दिएकी छु, काठमाडौंवासीलाई आशावादी हुन आग्रह गर्छु।’