नेपाल सरकारले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न लागिएको विषयमा आपत्ति जनाउँदै दुवै देशलाई कूटनीतिक माध्यमबाट पत्र पठाएको छ। परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त विषयमा सञ्चारमाध्यममा आएका समाचार र चासोप्रति सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै नेपालको स्पष्ट अडान पुनः दोहोर्याइएको छ। मन्त्रालयका अनुसार सुगौली सन्धि (१८१६) […]
सरकारले वित्तीय अपराध नियन्त्रणलाई कडाइ गर्दै सम्पत्ति शुद्धीकरण विभागलाई थप अधिकार सम्पन्न बनाएको छ। नयाँ कानुनी व्यवस्थाअनुसार अब विभागले अनुसन्धानपछि आफैं विशेष अदालतमा मुद्दा दायर गर्न सक्ने भएको छ, जसले यसको भूमिका अझ प्रभावकारी बनाएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएको ‘सम्पत्ति शुद्धीकरण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ मार्फत विभागको अधिकार र कार्यक्षेत्र विस्तार […]