काठमाडाैं । सरकारले डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान गर्ने व्यवसायीहरुको प्रस्तावमा सहमति जनाएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री सुशीला कार्की, सम्बन्धित मन्त्रीहरुसँगको भेटमा आफूले राखेको मध्यमार्गी प्रस्तावमा सहमति भएको दावी गर्नुभएको हो । करिब साँढे २ घण्टा लगाएर गरिएको छलफलमा सहमति जुटेको उहाँको भनाइ थियो […]
मन्त्रालयका विभिन्न निकायमा रहेका जनस्वास्थ्य अधिकृतलाई जिल्लामा पठाउने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा ओम अर्यालले जानकारी दिए। उनले भने, 'केही जिल्लामा पहिलेदेखि नै हुनुहुन्छ। केही जिल्लामा हामीले पठाइरहेका छौं र केही जिल्लाका लागि मुख्यमन्त्रीज्यूसँग छलफल भएको छ। उहाँ पनि सकारात्मक हुनुहुन्छ।'
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले आफ्नो दलको झण्डामा भएको पाँचकुने तारा अन्य राजनीतिक दललाई चुनाव चिन्हका रुपमा प्रयोग गर्ने अनुमति नदिन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।
ललितपुर। ‘विद्रोह जायज छ, विद्रोह अधिकार हो’ भन्ने नारासहित माओवादी केन्द्रका पूर्वमहासचिव जनार्दन शर्मा र पूर्वसचिव राम कार्कीले समाजवादी ऐक्यबद्धताको आह्वानसहित प्रगतिशील अभियानको सुरुआत गरेका छन्। अभियानले नेपालमा दशकौँदेखि चल्दै आएका जनआन्दोलन, जनयुद्ध र जनविद्रोहका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, देशलाई नयाँ समाजवादी दिशातर्फ उन्मुख गराउन सबै प्रगतिशील शक्ति एकजुट गराउनेछ। पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री तथा नेकपा […]