अस्पतालमा बिरामी खचाखच भएपछि सेनाले प्रांगणमै लगायो टेन्ट

धनगढी : सुदूरपश्चिम प्रदेशको ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल बिरामीले भरिभराउ भरिएपछि नेपाली सेनाले प्रांगणमै टेन्ट लगाएको छ।धनगढीस्थित सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डसँगै जोडिएको ग्यालरी र पेटीसमेत बिरामीले भरिएपछि नेपाली सेनाले प्रांगणमै टेन्ट लगाएको हो। अस्थायी रूपमा आकस्मिक कक्ष सञ्चालन गर्न नेपाली सेनाले प्रांगणमा चार वटा टेन्ट लगाएको प्रादेशिक अस्पतालले जनाएको छ। आकस्मिक कक्ष कोभिड शंकास्पद बिरामीले भरिएपछि उपचारमा समस्या हुँदै आएको अस्प

सम्बन्धित सामग्री

१५ हजार ८ सय फिटमा बिरामी परेका ५ जनालाई सेनाले उद्धार गर्‍याे

काठमाण्डाै – नेपाली सेनाले हुम्लाकाे चण्डी हिमालकाे आधार शिविरबाट बिरामी परेका तीन विदेशीसहित पाँच जनाकाे हेलिकप्टरबाट उद्धार गरेकाे छ ।  पश्चिम एअर बेसबाट खटिएकाे सेनाकाे टाेलीले समुद्री सतहबाट १५ हजार आठ सय फिट (चार हजार आठ सय १५ मिटर) मा रहेकाे चण्डी हिमालकाे आधार शिविरमा बिरामी परेका पाँच जनालाई उद्धार गरेकाे हाे । उद्धार गरेकामध्ये दुई जनालाई सिमिकाेट र तीन जनालाई नेपालगञ्ज पुर्‍याइएकाे सेनाले जनाएकाे छ ।

नयाँ ट्रयाकमार्फत् जोडिँदै चामेदेखि माथिल्लो मनाङ

भदौ ५, मनाङ । अविरल वर्षाका कारण आएको बाढीपहिराले मनाङ आवतजावत गर्ने स्थलमार्ग अवरुद्ध छ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराले तल्लो र माथिल्लो मनाङलाई जोड्ने स्थलमार्ग अवरुद्ध भएको हो । यसले तल्लो र माथिल्लो मनाङको सम्बन्ध विच्छेद भएको छ ।   माथिल्लो मनाङसँग जोडिने जोखिमपूर्ण स्थलमार्ग अवरुद्ध भएपछि आवतजावत पूर्ण रुपमा बन्द भएको छ । धेरै स्थानमा सडक सञ्जालबाट छुटिएको मनाङलाई जोड्नका लागि नयाँ ट्रयाक बनाउन थालिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । ‘मनाङको लाइफलाइनका रुपमा रहेको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा नयाँ ट्रयाकसहितको भिरको कटान भइरहेको छ, यो भिरमा ट्रयाक निर्माण भएपछि माथिल्लो मनाङसँग जोडिनेछ,’ सडक डिभिजन कार्यालय लमजुङका इञ्जिनीयर सुमन अधिकारीले भने ।  तल्लो र माथिल्लो मनाङ जोड्ने सडकखण्डअन्तर्गत सबैभन्दा अप्ठ्यारो र अति जोखिमपूर्ण रहेको तलेखु–भ्राताङ भिरमा बाढीपहिराले सडक  पूर्णरुपमा क्षति भएको छ ।  यस भिरमा सडक निर्माण भएपछि माथिल्लो र तल्लो मनाङ आवतजावतमा सहज हुने उनले बताए । माथिल्लो मनाङका मानिस सामान्य बिरामी भएको अवस्थामा समेत चामेस्थित स्वास्थ्य कार्यालय मनाङसम्म ल्याउन मुस्किल रहेकाले यस सडक मर्मतपश्चात् यहाँ सहज यात्रा गर्न सकिने उनले बताए । ‘अन्य समयमा पनि जोखिम मानिएको यस खण्डमा बाढीपहिराले धेरै जोखिम बढाएको छ, बम प्रहार गर्नका लागि ड्रिलिङको काम भइरहेको छ, नेपाली सेनाले उक्त क्षेत्रमा चट्टानलाई कोपेर र बम प्रहार गरी बाटो निर्माणको काम गरिनेछ’, इञ्जिनीयर अधिकारीले भने ।  यहाँ चट्टानलाई कोपेर केही भित्रपट्टिबाट सडक सञ्जाल बनाइएको छ । उहाँका अनुसार उक्त क्षेत्रमा सडक निर्माणका लागि ड्रिलिङको काम सकिएपछि बम हानेर सडक निर्माण गरिनेछ ।  सडक निर्माणका लागि चट्टानमा प्वाल बनाउने कार्य भइरहेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए ।  उनका अनुसार सडक सञ्जाल जोड्नका लागि अन्य स्थानमा जेसिबीको प्रयोगबाट खन्ने कार्य भइरहेको छ । बेंसीशहर–चामे सडकअन्तर्गतको बेंसीशहरबाट माथि २२ किमी सडक खुलाइसकिएको छ । त्यस्तै चामेबाट माथिल्लो क्षेत्रमा पनि सडक खुलाइसकिएको छ भने तलेखु–भ्राताङ भिरको सडक बन्ने प्रक्रियामा छ । उक्त सडक मर्मतका लागि गृहमन्त्रालयमार्फत सेनाको हेलिकप्टरबाट इन्धन ल्याइएको थियो । जेठ १४ मा चामेमा सडक विच्छेद भएको थियो । तर पुनः गत असार १ गते आएको बाढीपहिराले मनाङका धेरै स्थानमा सडक पूर्णरुपमा क्षति भएका छन् । अहिले उक्त क्षेत्रमा नेपाली सेनाले पहाड फोडेर सडकको नयाँ ट्रयाक निर्माण भइरहेको इञ्जिनीयर अधिकारीले जानकारी दिए ।  बाढीपहिराको क्षति पु¥याएको सडकको अध्ययन अवलोकनपछि नयाँ सडक निर्माण गर्ने प्रस्ताव भएबमोजिम मर्मत थालिएको हो । बेंसीशहर–चामे सडकखण्ड १०७ किलोमिटर रहेको छ । सडकअन्तर्गत केही स्थानमा नयाँ ट्रयाक पनि खुलाउने प्रयास भइरहेको जनाइएको छ । रासस

सेनाले जहाजमा कोरोनाका बिरामी बोक्न मिल्ने ‘क्याप्सुल’ ल्याउँदै

काठमाडौं । नेपाली सेनाले कोरोना संक्रमणका बिरामीलाई जहाजमा बोक्न मिल्ने ‘क्याप्सुल’ ल्याउने गृहकार्य सुरु गरेको छ । जहाज र हेलिकोप्टरमा ‘क्याप्सुल’ नहुँदा जोखिममा परेका संक्रमितलाई सेनाले उद्धार गर्न सकेको छैन । सैनिक प्रवक्ता सन्तोस बल्लभ पौडेलका अनुसार ‘क्याप्सुल’ जडान भएपछि चालकदलका सदस्यलाई पनि जोखिम हुनेछैन । उनले भने,“अहिलेकै अवस्थामा हामीले कोरोना संक्रमित...

अन्नपूर्णमा आइसोलेसन सञ्चालन

नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना (भाइरस)को सङ्क्रम फैलिएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ स्थित नेपाली सेनाले प्रयोग गरेको भवनमा २५ शय्याको आइसोलेशन कक्ष पुनः सञ्चालन गरेको छ । गत पुष महिनामा स्थापना भएको कोरोना अस्पताल कोरोनाका बिरामी भेटिन छाडेका, नियुक्त गरिएका चिकित्सक र स्वास्थ्यकर्मीको करार अवधि सकिएपछि फागुनमा बन्द भएको थियो । मिस्ट्री र घलेम्दीखोला जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने विस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि नेपाली सेनाको क्याम्प राख्न जलविद्युत आयोजनाले भवन बनाएका थिए...

अन्नपुर्णमा आइसोलेसन सञ्चालन

नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना ९भाइरस०को सङ्क्रम फैलिएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ स्थित नेपाली सेनाले प्रयोग गरेको भवनमा २५ शय्याको आइसोलेशन कक्ष पुनः सञ्चालन गरेको छ ।गत पुष महिनामा स्थापना भएको कोरोना अस्पताल कोरोनाका बिरामी भेटिन छाडेका, नियुक्त गरिएका चिकित्सक र स्वास्थ्यकर्मीको करार अवधि सकिएपछि फागुनमा बन्द भएको थियो ।मिस्ट्री र घलेम्दीखोला जलद्यिुत आयोजना निर्माणका लागि आवश्यक पर्ने विस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि नेपाली सेनाको क्याम्प राख्न जलविद्य

सेनाद्वारा बुटवल र भैरहवाका अस्पतालमा अक्सिजन हस्तान्तरण

नेपाली सेनाले भैरहवा र बुटवलका अस्पताललाई ४० सिलिण्डर अक्सिजन उपलब्ध गराएको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी)का अनुरोधमा सेनाको २८ नम्बर बाहिनीले बाराको सिमरामा संकलन गरेको अक्सिजन हेलिकोप्टरद्वारा ढुवानी गरी आज  हस्तान्तरण गरेको हो । भैरहवास्थित भीम अस्पताल र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनका कमीबाट बिरामी उपचारमा समस्या आएपछि सिमरामा संकलित अक्सिजन ती दुवै अस्पताललाई आज साँझ हस्तान्तरण गरिएको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।  यसअघि सेनाले लामो सम...

बसुन्धारामा आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर सञ्‍चालन गर्ने तयारी

काठमाडौं। नेपाली सेनाले काठमाडौंको बसुन्धारामा कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर सञ्‍चालन गर्ने तयारी गरेको छ। तत्काल ८८ शैयाको अक्सिजन थेरापी सञ्‍चालन गर्न लागिएको हो। २०० बेड सञ्‍चालन गर्ने तयारी रहेको उक्त आइसोलेसन केन्द्रका लागि काठमाडौं महानगरपालिकाले बजेट उपलब्ध गराएको छ। आइसोलेसन केन्द्रको निरीक्षणमा गएएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाका बिरामी उपचारमा थप राहत मिल्ने बताए।

सेनाले हेलिकप्टरसँगै भेटेको मानव अवशेष यात्रु नभएको पुष्टि

१७ वैशाख, काठमाडौं । ३ सेप्टेम्बर २००६ मा बिरामी लिन धौलागिरि आधार शिविरमा पुगेको एयर डाइनेस्टी हेली सर्भिसको हेलिकोप्टर मौसम खराबीका कारण आकस्मिक अवतरण गर्नुपर्‍यो। एयर डाइनेस्टी हेली सर्भिसका प्रबन्ध निर्देशक पवित्र कुमार कार्कीका अनुसार त्यस क्रममा हेलिकोप्टर उपयुक्त ठाउँमा अवतरण हुन सकेन र दुर्घटनामा पर्‍यो । दुर्घटना भयानक थिएन, केवल फोर्स ल्याण्डिङ थियो । […]

बाजुरामा चार बेडको आइसोलेसन कक्ष निर्माण

बाजुरा सदरमुकाम मार्तडीमा कोरोना संक्रमित बिरामी राख्न नेपाली सेनाले चार बेड क्षमताको आइसोलेसन कक्ष निर्माण