काठमाडाैँ – खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर भूकम्प गएकाे छ। आज बिहान ८ः१३ बजे ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएकाे हाे। भूकम्पबाट के कति क्षति भयो भन्नेबारे खुलिसकेको छैन।