भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले यतिबेलाआक्रमक बजार लिइरहेको छ। कम्पनीको उत्पादनहरू आन्तरिक बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजार वा भनौं बाह्य बजारमा पनि निकै मागका साथ निर्यात हुँदैछ।...
१७ फागुन, धनगढी । कैलालीमा सशस्त्र प्रहरीले १० दिनको अवधिमा साढे १८ लाख बढीको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरीको नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको टोलीले बुधबार मात्र करिब आठ लाखको अवैध सामानसहित चार जना महिलालाई समेत नियन्त्रणमा लिएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) […]
दाङ- दाङमा ठूलो मात्रामा भन्सार छली गरिएको कपडा बरामद भएको छ। राजमार्ग सुरक्षाअन्तर्गत गस्ती गर्ने क्रममा नेपाल सशस्त्र प्रहरी बल २९ नम्बर गण जिल्ला हेडक्वाटर ज्वालामाईले ११ लाख बराबरको कपडा बरामद गरेको एसपी गोपालप्रसाद श्रेष्ठले जानकारी दिएका छन्। कोट पाइन्टको कपडा, कुर्ता सुरुवाल, ब्लाउजमा प्रयोग गरिने ११ बोरा कपडा बरामद गरिएको हो। सशस्त्र प्रहरी बल […]
१९ कात्तिक, वीरगञ्ज । सशस्त्र प्रहरीले एक सातामा पर्साबाट झण्डै १३ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर १३ हेडक्वार्टर पर्सा र मातहतमा रहेका बोर्डर आउट पोष्ट, सुरक्षा बेस क्याम्पले एक सातामा १२ लाख ७० हजार रुपैयाँको सामान बरामद गरेको हो । कात्तिक १२ गतेदेखि १९ गतेसम्म कपडा, […]
अर्थ मन्त्रालयले खरिद प्रक्रिया अघि बढाउन सहमति दिएपछि जनताको तटबन्धले १६ करोड ५७ लाखको काम गर्यो, तर अहिले बजेट नदिँदा अप्ठेरोमा परेको छ
गत कात्तिकमा आएको बेमौसमी वर्षाका कारण झापाका ठूला नदी...
शिवम् सिमेन्ट लिमिटेडले प्रदेश २ का विभिन्न जिल्लाका १२ स्थानमा अन्तरक्रिया कार्यक्रम गरेको छ । निर्माणसम्बन्धीको प्राविधिक अन्तरक्रियामा एक हजार भन्दा बढी निर्माणकर्मीको सहभागिता थियो ।
कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागी निर्माणकर्मीहरूको लागि ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
योसँगै देशका विभिन्न स्थानहरूमा शिवम् सिमेन्टले २५ सय बढी निर्माणकर्मीहरूसँग निर्माण विज्ञ परामर्श सेवा तथा हरेक निर्माणकर्मीहरूको ...
कात्तिक २०, स्याङ्जा । कालीगण्डकी गाउँपालिकाले रू. पाँच लाख बाराबरको फूल विक्री गरेको छ ।
फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने योजनाअनुसार १९ रोपनी जमिनमा लगाएको सयपत्री फूल विक्री गरेर गाउँपालिकाले रू. पाँच लाख आम्दानी गरेको हो ।
गाउँपालिकाले वडा नं ७ को बारीचौरमा पाँच र वडा नं ४ बिर्घा पुछारमा १४ रोपनी गरी कुल १९ रोपनी जग्गा भडामा लिएर सयपत्री फूलखेती गरेको थियो ।
फूल विक्रीका लागि कुनै पनि समस्या नभएको र मागअनुसारको फूल पुर्याउन नसकेको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाभित्रै रोजगारी सिर्जना गर्ने योजना अनुसार पहिलोपटक शुरु गरेको व्यावसायिक फूलखेती सफल भएपछि यसलाई सबै वडामा विस्तार गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए ।
उनले भने, ‘स्थानीय बासिन्दालाई आवश्यक पर्ने फूलको बीउ, प्राविधिक सहयोगसमेत उपलब्ध गराएर यसलाई फूलैफूलको गाउँपालिका बनाउने योजनाअनुसार हामी काम गर्दैछौँ ।’ काम गर्ने किसानलाई आवश्यक सहयोग प्रदान गरेर प्रोत्साहन गर्ने कार्यमा गाउँपालिकाले कुनै पनि प्रकारको कन्जुस्याइँ नगर्ने अध्यक्ष थापाले बताए ।
किसानले उत्पादन गरेका वस्तु बजारीकरणको जिम्मासमेत गाउँपालिकाले लिने अध्यक्ष थापाको भनाइ छ । कृषिका माध्यमबाटै स्थानीयवासीलाई स्वरोजगार बनाउने योजनाअनुसार गाउँपालिकाले नै पहिलो चरणमा फूल र ड्रागन खेती सुरु गरेको अध्यक्ष थापाले बताए ।
गाउँपालिकाले लगाएको फूलखेतीबाट पालिकावासीसमेत उत्साहित भएका छन् । पालिकाले लगाएको फूल ग्राहकको मागअनुसार पुर्याउन नकिएकाले आफूहरुलाई समेत यो खेतीतर्फ आकर्षित गरेको कालीगण्डकी–६ का हिराबहादुर गाहाले बताए ।
व्यावसायिकरूपमा फूलखेती गरेर समेत मनग्य आम्दानी गर्न सकिने अवस्था गाउँपालिकाले सिर्जना गरेको उनको भनाइ छ ।
गाउँपालिकाले शुरु गरेको फूलखेतीबाट करीब ४०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने पालिकावासीलाई फूलखेतीमा लाग्ने प्रेरणा मिलेको छ । फूलखेतीमा स्थानीयवासीले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् । फूल रोप्ने कार्यदेखि गोडमेल, फूल टिप्ने, माला बनाउने कामसम्म आइपुग्दा करीब ४०० जनाले रोजगारी पाएको गाउँपालिकाले जानकारी दिएको छ ।
सयपत्री कर्मा ५५५ जातको फूल लगाइएकामा पहिलो चरणको फूल विक्री गरेर सकिएको छ । तिहारअघि नै तिहारका लागि साथै अन्य विभिन्न कार्यक्रम, पूजापाठ, विवाह, सजावटलगायतका कार्यका लागि बगैँचामै आएर ग्राहकले फूल लगेका छन् ।
सयपत्री कर्मा ५५५ जातको फूल मंसिरसम्म टिप्न मिल्ने हुँदा पहिलो चरणमा फक्रिएका फूल विक्री गरेर सकिएको र अहिले पनि ती बोटमा कोपिला लागिरहेको गाउँपालिकाका कृषि शाखा प्रमुख हुमप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार प्रतिमाला फुटकरमा रू. ८० देखि ९० सम्ममा र होलसेलमा रु ४५ मा विक्री भएको छ । फूलखेती गर्दा करीब रू. दुई लाख ४८ हजार खर्च भएको र रू. पाँच लाख आम्दानी भएकोसमेत गरेको कृषि शाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।
यहाँ उत्पादित फूल गण्डकी, लुम्बिनी, बागमती र कर्णाली प्रदेशसम्म निर्यात गरिएको गाउँपालिकाले जानकारी दिएको छ । बारीचौरलाई फूलैफूलको होमस्टे बनाउने पालिकाको योजना छ भने बिर्घामा ड्रागन खेतीसँगै फूलखेतीसमेत गरिएको छ । रासस
लाहोर, (एजेन्सी) । न्युजिल्यान्डको क्रिकेट टोलीले पाकिस्तान भ्रमण रद्द गरेको चर्चा अझै थामिएको छैन । न्युजिल्यान्डले पाकिस्तानको क्रिकेट टोलीसँग ३ वानडे र ५ टी–२० खेल खेल्नुपर्ने थियो । तर, न्युजिल्यान्ड टोलीले सुरक्षाको कारण देखाई पाकिस्तान भ्रमण रद्द गर्यो । पाहुना टोलीले रावलपिन्डीमा पहिलो वानडे खेल्न ३० मिनेटअघि यस्तो निर्णय लिएको थियो । न्युजिल्यान्डको यस्तो अचम्मको […]