काठमाण्डाै – आर्थिक वर्ष २०७९/८० का लागि वीरगञ्ज महानगरपालिकाले बजेट प्रस्तुत गरेको छ । वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले नगर सभाको ११ औं अधिवेशनमा ३ अर्ब ३३ करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
बजेटमा चालुतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार रुपैयाँ अर्थात ६२ दशमलव ०४ प्रतिशत रकम र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार रुपैयाँ अर्थात ३७ दशमलव ९६ प्रतिशत रकम छुट्याइएको छ । महानगरले शिक्षा, युवा तथा खेलकुदमा ६६ करोड ३८ लाख ३५ हजार, स्वास्थ्य तर्फ १ करोड २० लाख ३० ...