काठमाडौं : नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पनि सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेका छन्। ‘इतिहासमै जम्बो मन्त्रिपरिषद् बनाएर, सांसद किनेर, राजाका बलमा आफ्नै पार्टी फुटाएर, अध्यादेशका आधारमा अर्काको पार्टी फुटाएर– जे गरेर भए पनि सत्तामा पुग्ने विशेषज्ञता हासिल गर्नुभएका ’सत्ताका सदाबहार सौदागर’ शेरबहादुर देउवा यसपटक जेलमा रहेका अपराधी छुटाएर सरकार बनाउन लाग्नुभएको छ,’ रिजालले ट्वीटरमा लेखेका छन्। एमाले केन्द्रीय सदस्यसमेत रहे