काठमाडौं महानगरपालिकाको लामो समयसम्म उठ्न नसकेको फोहोर अन्तत: उठ्ने भएको छ । सोमबार भएको जनप्रतिनिधिहरुको छलफलले मंगलबारबाट काठमाडौं महानगरभित्र थुप्रिएको फोहोर उठाउने सहमति भएको हो ।सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा बसेको जनप्रतिनिधिहरु बीचको बैठकले फोहोर व्यवस्थापन गर्ने सहमति जुटाएको हो । स्थानीयले राखेका विभिन्न माग पुरा गर्ने महानगरले प्रतिबद्धता जनाए पछि मंगलबार ८ बजेबाट काठमाडौंको फोहोर उठाउने सहमति भएको जनाइएको छ । बैठकमा काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल तथ