पुस १५ गतेदेखि भन्सारमा दर्ता नभएका मोबाइल फोन नचल्ने र विदेशबाट आउनेले ल्याउने मोबाइलको भन्सार तिर्नुपर्ने बताएपछि विदेशमा बस्ने र काममा गएकाहरुले ‘नो रेमिट्यान्स’ अभियान चलाए । यो अभियानपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो निर्णय तत्काल कार्यान्वयन नगर्न अर्थमन्त्री विष्णु पौडेललाई निर्देशन दिनुभए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले भने पालना नगरेको पाइएको छ । …