३१ वैशाख, काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा ५ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा …
९ फागुन, काठमाडौं । बुधबार समग्र सेयर बजार घट्दा पनि ४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बुधबार १० प्रतिशत मूल्य बढेका यी ४ वटै कम्पनी दोस्रो त्रैमाससम्मको अवधिमा नोक्सानीमा छन्, जसले गर्दा ४ वटैको प्रतिसेयर आम्दानी ऋणात्मक छ । बोटलर्स नेपाल बालाजु, बोटलर्स नेपाल तराई, हिमालय ऊर्जा विकास कम्पनी र समाज लघुवित्त कम्पनीको मूल्य […]
२६ माघ, काठमाडौं । नागरिक लगानी कोषको नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी घटेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६.४ प्रतिशत बढेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५४ करोड ६० लाख रुपैयाँ छ, गत वर्षको यहीं अवधिमा ५१ करोड ३२ लाख रुपैयाँ थियो । कम्पनीको कुल […]
१७ कात्तिक, काठमाडौं । वाणिज्य बैंकहरुमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै देखिएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ३५ रुपैयाँ ११ पैसा छ । बैंकको नाफा सामान्य बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८१ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले यो वर्षको […]
गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूमध्ये प्रतिसेयर आम्दानीमा एनआईसी एशिया बैंक अब्बल देखिएको छ । यो बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा छ । अघिल्लो आर्थिक वर्षमा यो रकम ३९ रुपैयाँ १३ पैसा थियो । एनआईसी एशियापछि राष्ट्रिय वाणिज्य बैंकको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ९६ पैसा छ । […]
१७औं वाणिज्य बैंकको रुपमा २०५९ सालमा स्थापित सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७८/०७९ मा ३ अर्ब भन्दा बढी खुद मुनाफा आर्जन गरी आफ्ना सेयरधनीलाई २५.७१ प्रतिसेयर आम्दानी दिन सफल भएको जनाएको छ ।१२ अर्ब ५२ करोडको चुक्ता पुँजी र २१ अर्ब ९१ करोडको कुल इक्विटी रहेको बैंकले देशको अर्थतन्त्रको सबलीकरण तथा आर्थिक वृद्धिमा निरन्तर टेवा पुर्याउँदै […]
लगानीयोग्य तरलताको अभाव तथा प्रतिस्पर्धाका बीच वाणिज्य बैंकहरूको औषत प्रतिसेयर आम्दानी (ईपीएस) घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तमा बैंकहरूको औषत ईपीएस १९.१८ रुपैयाँ थियो भने चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २७ वटा बैंकहरूको अपरिष्कृत वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी औषतमा १९.०५ रुपैयाँ देखिएको छ ।सञ्चालनमा रहका बैंकमध्ये ११ बैंकको मात्रै ईपीएस बढेको तर, बाँकी […]
वाणिज्य बैंकहरुको वार्षिक प्रतिसेयर आम्दानी घटेको छ । बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा औसत वार्षिक प्रतिसेयर आम्दानी करिब २ रुपैयाँ घटेको छ । बैंकहरुको नाफा निरन्तर बढे पनि प्रतिसेयर आम्दानी घटेको छ । मुख्यत: बैंकहरुले पछिल्ला वर्ष लाभांशका रुपमा सेयर बोनस दिएपछि सेयर संख्या बढ्न जाँदा प्रतिसेयर आम्दानी खुम्चिएको हो ।
सेयरमा लगानी गर्नेका लागि कम्पनीको प्रतिसेयर आम्दानी महत्वपूर्ण सूचक हो। कम्पनीको खुद नाफा र कुल जारी साधारण सेयरको अनुपात नै प्रतिसेयर आम्दानी हो। लगानीकर्ताले प्रतिसेयर आम्दानीकै आधारबाट कम्पनीले दिन सक्ने लाभांश अनुमान गर्न सक्नेछन्। उच्च प्रतिसेयर आम्दानीले धेरै लाभांश दिन सक्ने क्षमतालाई जनाउँछ। यदी कम्पनीले शत प्रतिशत नाफा वितरण गरेमा लगानीकर्ताले प्रतिसेयर आम्दानी बराबरकै लाभांश…
बैंकहरुको नाफा बढ्दै जाँदा सामान्यतः प्रतिसेयर आम्दानी पनि सोही आधारमा बढ्दै जान्छ। नाफा र प्रतिसेयर आम्दानीबीच सकारात्मक सम्वन्ध रहने गरे पनि यतिबेला यो सिद्धान्त उल्टो देखिएको छ। अर्थात बैंकहरुको नाफा बढे पनि प्रतिसेयर आम्दानी भने घट्न गएको छ। यसको प्रमुख कारण कम्पनीहरुले छोटो समयमै ठूलो रकममा चुक्ता पुँजी बढाउनुपर्ने वाध्यता रहेको सिभिल बैंकका सिइओ गोविन्द…
नेपाल टेलिकमको प्रतिसेयर आम्दानी १ सय रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष ८८ रुपैयाँ ४७ पैसा रहेकोमा यो वर्ष प्रतिसेयर आम्दानी १२ रुपैयाँले बढेको हो। कम्पनीले गत आर्थिक वर्ष ट्याक्स छुट्याउनुअघि खुद २० अर्ब ४६ करोड नाफा कमाएको छ। ५ अर्ब ४४ करोड ट्याक्स छुट्याउँदा कम्पनीको खुद नाफा १५ अर्ब १ करोड हुन आउँछ। कम्पनीको…