काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रदेशहरुको सत्ता समीकरणका सन्दर्भमा रणनीतिक छलफल थालेको छ । प्रदेश १ र वागमती प्रदेशमा प्रचण्ड–नेपाल र ओली समूहले सत्ता सहकार्यका लागि निम्तो गरेपछि सभापति शेरबहादुर देउवाले आन्तरिक छलफल सुरु गरेका छन् । बुधबार प्रदेश एकबाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय सदस्यसँग प्रदेश एकको सत्ता समीकरणका विषयमा छलफल गरेका थिए । सोमबार विहान नेताहरुलाई आफ्नो निवास बुढानीलकण्ठमा बोलाएर देउवाले प्रदेश एकको सत्ता समीकरणका विषयमा सुझाव लिएका हुन् ।आज