दाङमा औद्योगिक, पर्यटन तथा कृषि महोत्सव फागुन २६ गतेदेखि शुरु

फागुन १२, दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले ‘दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी–२०७८’ महोत्सव गर्ने भएको छ । संघले यही फागुन २६ गतेदेखि चैत्र ८ गतेसम्मका लागि दाङको घोराहीमा महोत्सवको आयोजना गर्ने भएको हो । ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ मुल नाराका साथ शुरु गरिने महोत्सवले विशेष गरी स्थानीय उत्पादनको पहिचान गर्दै यसलाई प्रवर्द्धन गर्ने महोत्सव मुल आयोजनक समितिका संयोजक एवम् दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताए ।  ‘उद्योग वाणिज्य संघले विभिन्न समयमा यहाँको उद्योग, व्यापार, कृषि एवम् पर्यटनलगायतका क्षत्रको विकास र प्रवर्द्धनका लागि भूमिका खेल्दै आएको छ’, उनले भने, ‘यसैको निरन्तरता स्वरुप संघले महोत्सवको आयोजना गर्दैछ ।’ महोत्सवले स्थानीय स्तरमा उत्पादित वस्तु तथा सेवाको पहिचान गरी वस्तु विकासका साथै बजार प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । साथै यस्ता महोत्सवले पर्यटन विकास एवम् संस्कृतिक विकासमा पनि महत्पवूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष बुढाथोकीको भनाइ छ ।  संघले बिहीवार पत्रकार भेटघाट गरी विभिन्न समिति तथा उपसमिति गठन गरेर संघले महोत्सवको तयारीमा जुटेको जानकारी दिएको छ । घोराही उपमहानगरपालीका वडा नं. १४ झिगौंरामा आयोजना गरिने महोत्सवमा औद्योगिक तथा व्यापारीक बस्तुहरुको प्रदर्शनी एवम् विक्री, हस्तकला, कृषि, जडिबुटी तथा पर्यटन सूचना एवम् सूचना प्रविधिको प्रदर्शनी गरिने छ ।  महोत्सवमा लुम्बिनी प्रदेश १२ ओटै जिल्लाबाट विभिन्न व्यापारिक स्टलहरु रहने र करीब ५ लाख दर्शकहरुले अवलोकन गर्ने र २० करोडको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ ।

सम्बन्धित सामग्री

काभ्रेमा बृहत् कृषि महोत्सव सम्पन्न

काभ्रे– जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको मुख्य आयोजना तथा जिल्लास्थित सबै पालिकाको आयोजनामा यही फागुन ४ गतेदेखि सञ्चालन भएको ‘बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव, २०८०’ सम्पन्न भएको छ । बनेपाको तीनदोबाटोस्थित करुणमार्गमा चार दिनसम्म चलेको महोत्सव करिब ७० हजार दर्शकले अवलोकन गरेको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले बताए । प्रदर्शनीमा जिल्लास्थित सबै गाउँपालिका तथा सिन्धुपाल्चोकका […]

करिब ७० हजारले गरे कृषि महोत्सव अवलोकन

काभ्रेपलान्चोकको बनेपामा आयोजना गरिएको काभ्रेपलान्चोक बृहत् कृषि महोत्सव २०८० को करिब ७० हजार सर्वसाधारण नागरिकले अवलोकन गरेका छन् ।

रैथाने बाली प्रवर्द्धनमा काभ्रे कृषि महोत्सवकाे जोड

काभ्रे जिल्लाको बनेपामा बृहत काभ्रे कृषि महोत्सव जारी छ। फागुन ७ गतेसम्म चल्ने महोत्सव ४ गते शुक्रबारबाट सुरु भएको हो। महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका हुन्। महोत्सवको स्टल नंं. ६०...

कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशभित्रका कृषकको जीवनस्तरलाई उकास्ने खालका कार्यक्रमलाई अगाडि बढाउँदै कृषि क्षेत्रलाई महत्वका साथ लिएर काम गरिरहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आयोजनामा शुक्रबारदेखि बनेपामा सुरु भएको ‘बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव’ मा उहाँले समुदायमा आधारित उत्पादनको ‘पकेट’ क्षेत्र प्रदेशभित्र लागू गर्ने तयारीमा आफू रहेको बताउनुभयो । प्रदेशभित्रका नगर पालिका प्रमुख …

कृषि क्षेत्र विकासका लागि नीतिगत सुधार चाहिन्छ : राष्ट्रपति पौडेल

काभ्रेपलाञ्चोक, ४ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासमार्फत गरिबी न्यूनिकरण गर्न सकिने भन्दै यसका लागि कृषि क्षेत्रमा नीतिगत सुधारको आवश्यकता औँल्याएका छन् । ‘बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव–२०८०’ को आज बनेपामा उद्घाटन गर्दै राष्ट्रपतिले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति–निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । […]

काभ्रेमा फागुन पहिलो साता बृहत् कृषि महोत्सव

काभ्रेपलाञ्चोक, २४ माघ । काभ्रेपलाञ्चोकको बनेपामा ‘बृहत् कृषि महोत्सव’ को आयोजना गरिने भएको छ । जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त आयोजना, काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको आर्थिक व्यवस्थापन, जिल्लास्थित स्थानीय तहको प्रत्यक्ष सहभागितामा जिल्लाका कृषकले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको प्रदर्शनी तथा बजारीकरण गरी उनीहरूको […]

गुल्मीमा कात्तिक १५ देखि पर्यटकीय एवं कृषि महोत्सव हुने

गुल्मी उद्योग संघको आयोजनामा कात्तिक १५ देखि २५ गतेसम्म रेसुङ्गा नगरपालिका–९ उपल्लो तम्घासमा पर्यटकीय एवं कृषि महोत्सव हुने भएको छ ।

स्याङ्जाको गल्याङका कृषक आलु खेतीप्रति आकर्षित

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका क्षेत्रमा पछिल्लो समय अन्य खेती विस्थापित हुँदै गएकाे छ। तर आलु खेतीप्रति भने यहाँका कृषकको आकर्षण बढेको हाे । गल्याङमा भएकाे आलु तथा कृषि महोत्वसले कृषकलाई झनै आलु खेतीतर्फ आकर्षित गरेको छ । स्याङ्जाको गल्याङमा पहिलो पटक आलु तथा कृषि महोत्सव भएको छ । करिब ५ सय रोपनी क्षेत्रफलमा दुई […]

प्रदेशस्तरीय औद्योगिक व्यापार, पर्यटन तथा कृषि महोत्सव

सुर्खेत, माघ २७ गते । प्रदेश नं ६ को अस्थायी राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि ‘प्रदेशस्तरीय व्यापार, पर्यटन तथा कृषि महोत्सव २०७४’...

कृषि महोत्सव नहुने

दाङ, माघ ११ – दाङको तुलसीपुरमा राप्ती बहिरा संघले गर्न लागेको व्यापारिक तथा कृषि महोत्सव स्थगित भएको छ । तुलसीपुर उपमहानगरपालिकामा भएको सर्वदलिय...