जग्गाको कारोबार गर्दा आएको रकम एकलौटी बनाउने मनसायले व्यावसायिक साझेदारको योजनामा तीनजनाको हत्या भएको खुलेको छ। नौ दिनभित्र अलगअलग मिति र समयमा तीन जनाको हत्या गरी खाल्डो खनेर शव पुरिएको हो। खाल्डोभित्र व्यवस्थापन गरिएकामध्ये मोरङको धनपालथानमा दुई र ललितपुरको गोदावरीमा एकजनाको शव भेटिएको थियो।
मोरङको धनपालथान गाउँपालिका–७ उखुबारीमा सुनसरीको धरान उपमहानगरपालिका–३ घर भई भक्तपुरमा बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भई काठमाडौंमा बस्दै आएका ३२ वर्षीय शम्भु...